×

NMB BANK
NIC ASIA

चुच्चेपाटीमा पाल टाँगेर बसेका ‘भूकम्पपीडित’ को बौद्धमा पक्की घर !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, ३ चैत – बौद्धको चुच्चेपाटी क्षेत्रमा पाल टाँगेर बसोबास गर्दै आएका भूकम्पपीडितलाई त्यहाँबाट हटाइएको छ । होटल हायातको जग्गामा बस्दै आएका उनीहरूलाई हटाइको हो ।

करीब पाँचसय परिवारलाई त्यहाँबाट हटाइएको छ । हटाइएकामध्ये अधिकांश नक्कली भूकम्पपीडित रहेको फेला

परेको छ ।
७२ वर्षीया देवी कुमारी विक

विभिन्न राजनीतिक दलको संरक्षण पाउने आशामा त्यहाँ चारसय परिवार नक्कली भूकम्पपीडित ल्याइएको थियो । करिब ५० सक्कली भूकम्पपीडित चाहिँ त्यहाँबाट हटाइएपछि मर्कामा परेका छन् ।

बौद्ध क्षेत्रमा पक्की घर भएका र पसल थापेर बसेकाहरू समेत पक्की घरमा बस्न डर लाग्ने भएपछि खाली जग्गामा बस्न आएका थिए । यसरी करीब चारसय नक्कली भूकम्पपीडितहरू सो क्षेत्रमा बसिरहेको लुमन्ति संस्थाकी अनुसन्धानकर्ता कुमारी शोभा तण्डुकारले बताइन् ।

चुच्चेपाटीमा पाल टाँगेर बसेका नक्कली भूकम्पपीडितको बौद्ध क्षेत्रमा पक्की घर र पसलहरु भएको उनले वताइन् ।

पहिलेदेखिनै यहाँ बस्दै आएका भूकम्पपीडितको बारेमा अनुसन्धान  गर्दै आएकी उनले चार सय ५० मा मुश्किलले ५० परिवार मात्रै वास्तविक भूकम्पपीडित रहेको बताउँछिन् ।
प्रहरीले फागुन १० गते १५ दिनभित्र त्यहाँको जग्गा खाली गर्नको लागि माइकिङ गरेको थियो । बसेकाहरू नहटेपछि अन्ततः डोजर लगाएर उनीहरूलाई हटाइएको छ ।

पार्टीले राखेका थिए नक्कली भूकम्पपीडित
भूकम्पपीडितको नाममा राहत आउने तथा विभिन्न संघसंस्था तथा विदेशीले दिएको राहत लिन मात्रै पनि पालमा बस्न थालेको लुमन्ति संस्थाकी तण्डुकारले बताइन् । राहतबाट आउने लत्ताकपडा एकदुई किलो चामल लिन पनि बौद्ध आसपासमा डेरा गरी बस्ने समेत भूकम्पपीडित भन्दै चुच्चेपाटीस्थित जग्गामा पाल लिएर उतै बस्न थालेका थिए ।
करिब ४ सय ५० जति घरपरिवार बौद्धको उक्त जग्गामा बसेका थिए ।
भूकम्पपीडित बस्ती खाली गर्नुअघि । तस्वीरः रासस

बौद्धमा १४ सयमा कोठा बहाल तिरेर बसेकी एक महिलाले घर हल्लिएपछि आफूले पनि कोठा छोडेर यतै डेरा सरेको सुनाइन् ।

यता बस्यो भने पाँच वर्षसम्म ढुक्क हुन्छ भन्ने आश्वासन दिएका कारण कोठामा भएको खाट र दराज समेत पालभित्र सारेको उनले सुनाइन्् । दोलखा सिंगटीकी उनले आफ्नो परिचय चाहिँ खुलाइनन् ।

भूकम्पपीडित भन्दै पाल टाँगेर बस्न आउने मानिस भुइँचालो गएको एक दुई महिनामै ह्वात्तै बढेका थिए । असली भूकम्पपीडित भन्दा पनि नक्कली भूकम्पपीडितहरू राहत लिनकै लागी भूकम्पपीडित हुँ भन्दै बस्न आउने परिवारको संख्या करीब ४ सय ५० भइसकेको थियो ।

राजनीतिक दलका प्रतिनिधिको आँखा बौद्ध चुच्चेपाटीमा बसेका परिवारको बढ्दै गरेको संख्यामा परेको थियो । राजधानीमा विभिन्न समयमा हुने राजनीतिक गतिविधि, आमसभा, जुलुस लगायत अन्य राजनीतिक गतिविधि मा सहभागि गराउन पार्टीले ती भूकम्पपीडितलाई सहभागि गराउँथे । उनीहरुलाई लिन गाडी नै पठाउने गरेको पाइएको छ ।

त्यहीँ पाल टाँगेर बसेकी सुनिता तामाङका अनुसार यहाँ चार÷पाँच दलका नेताहरू बनाइएका थिए । कांग्रेस, एमाले, माओवादी र विप्लवका नेताहरू आएर आ–आफ्नो प्रतिनिधि बनाएका थिए ।

नेताहरूले  राजधानीमा हुने कार्यक्रमको लागि समेत भूकम्पपीडितहरूलाई लिन जान्थे । प्रत्येक पालबाट एकएकजना प्रतिनिधि कार्यक्रममा सहभागी हुनुपर्ने बाध्यता रहेको उनले बताइन् ।

उनीहरूले सो ठाउँमा बस्नको लागि म्याद थप गरिदिने र पाँच वर्षसम्म यतै बस्न दिने आश्वासन समेत दिएका थिए । विप्लव माओवादीको कार्यक्रममा दुईपटक पुगेकी सुनिता तामाङले आन्दोलनमा नआए पालमा बस्न नदिने धम्की आफूलाई पटक–पटक आएको जानकारी दिइन् ।

विभिन्न महिला समूह समेत त्यहाँ गठन भएका थिए । कतिलाई त फोटो लिएर पार्टीको सदस्यता बनाइएको र कार्ड समेत बाँडिएको उनीहरूले बताए ।

डोजर लगाउँदा कोही नेता आएनन्

प्रहरीले माइकिङ गरेर हट्न भनेपछि सबैले आ–आफ्नो झिटीगुन्टा कसेका थिए । कोही पुरानै घर तथा डेरातिर फर्किसकेका थिए । कोही छोराछोरी बसेको डेरामा गए त कोही नयाँ डेरा खोज्दै चुच्चेपाटी छाडेका थिए ।
डोजरले खाली गरेपछि भूकम्पपीडित बस्ती ।

मंगलवार प्रहरीले चुच्चेपाटीस्थित बस्तीमा डोजर लगाउँदा कुनै पनि राजनीतिक दलका नेता उनीहरूलाई संरक्षण गर्न आएनन् । अहिले त्यहाँ बसेकाहरूले आफूहरूलाई प्रयोग मात्रै गरिएको भनेर बुझेका छन् ।

कुखुरा पाल्नेदेखि भट्टी थाप्नेसम्म

सित्तैमा पाएको जग्गामा बसेकाहरूले पसल थाप्ने अनि कुखरा पालन लगायतका काम शुरु गरिसकेका थिए । कतिपयले त रक्सी भट्टी समेत खोलिसकेका थिए ।

त्यो क्षेत्रमा रक्सीले मात्नेहरूले धेरै थिए । यसले गर्दा बौद्ध क्षेत्रका प्रहरी पनि हैरान बनेका थिए । दिनहुँ झगडा गरेको उजुरी आउन थालेपछि उक्त विषय प्रहरीका लागि पनि टाउकोदुखाइ बनेको थियो ।

विस्थापित सक्कली भूकम्पपीडित

सिन्धुली भिमानकी ७२ वर्षीया देवी कुमारी विक चुच्चेपाटीस्थित पालमा आफ्ना सुस्त मनस्थितिका छोरासँगै बैशाख १२ गतेदेखि नै आएकी थिइन् ।
बस्ती खाली गरिएपछि नाती बोक्दै एक महिला ।

भूकम्पले उनको घर भत्केको थियो । भूकम्पअघिदेखि नै राजधानी छिरेकी उनी माग्दै आफ्नो परिवार पाल्दै आएकी थिइन् । बौद्ध कुमारीगालमा सानो छाप्रोमा बस्दै आएकी उनी भूकम्पपछि आफू बसेको छाप्रो पनि भूकम्पले भत्काएपछि बेसहारा बनेर चुच्चेपाटीको खाली जग्गामा बसिरहेकी थिइन् ।
७२ वर्षीया देवी कुमारी विक

पाल पाएपछि उनी त्यहीँ बस्दै आएकी थिइन् । बौद्ध प्रहरीले बस्ती खाली गर्न भनेको दिनदेखि उनी बौद्ध, पशुपति, गुहेश्वरी र गोकर्ण लगायतका क्षेत्रमा बास खोज्दै हिँडेको बताउँछिन् ।
७२ वर्षीया देवी कुमारी विक

‘दया राख्ने र कोठा दिन कोही तयार भएनन्,’ उनी भन्छिन्, ‘कोठामा राखेर भाडा तिर्दैनन् भनेर कोठा नै दिएनन् ।’ प्रहरीले उनको पालभित्र रहेको सबै सामान पोको पारेर बाहिर फालिदिएको छ ।

चुच्चेपाटीको उक्त जग्गाको सबै गेट साँझ बन्द गर्ने भनिएको थियो । केही सीप नलागेपछि उनी अहिले त्यहाँको पेटीमा आफ्ना ओछ्यान र सामान लिएर रुँदै बसेकी छन् ।
हायात होटलले भूकम्पपीडित बस्दै आएको जग्गामा बुधवार गेट बन्द गरिएको थियो ।

कोठा नपाउन्जेलसम्म केही दिनको लागि त्यही खाली जग्गामा ठाउँ दिन उनले आग्रह गरेकी थिइन् तर उनको आग्रह त्यहाँ बस्ने कसैले सुन्नेवाला थिएनन् ।

यसरी नक्कली भूकम्पपीडितका रूपमा बसेका अन्य मानिसले असली पीडा भोगेका भूकम्पपीडितको बदनाम गरेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x