×

NMB BANK
NIC ASIA

समृद्धिको यात्रा

लगानी सम्मेलनमा चासो : प्रतिवद्धताअनुरुप भित्र्याउन सकिएला वैदेशिक लगानी ?

चैत १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बुधवार पत्रकार सम्मेलन गरेर अर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी दिए । लगानी बोर्डका उपाध्यक्षसमेत रहेका खतिवडाले विदेशी लगानीकर्तामा नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताए । 

Sagarmatha Cement
Muktinath Bank

चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा ४० देशबाट लगानीकर्ताका साथै उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मेलनमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता सहभागी हुनेछन् भने करीब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको छ ।


Advertisment
Nabil box
Kumari

वैदेशिक लगानीका लागि नेपाललाई खुला गर्ने क्रम २०४८ सालदेखि शुरू भएको थियो । तत्कालीन नेपाली कांग्रेसको सरकारले त्यतिबेला आफ्नो खुला बजार नीतिको व्यावहारिक प्रयोगका लागि पहिलोपल्ट नेपालमा लगानी सम्मेलनको आयोजना गरेको थियो । त्यसपछि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन शुरू भएको थियो । तर राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्व लगायत कारणले उल्लेख्य रूपमा लगानी भित्रिन सकेन । 

Vianet communication
Laxmi Bank

संविधान बनेपछि पहिलोपल्ट २०७३ फागुनमा तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशीको पहलमा ‘नेपाल इन्भेस्टमेन्ट समिट’ नामबाट लगानी सम्मेलनको आयोजना गरियो । त्यतिबेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओली र सत्तारुढ पार्टीका अर्का नेता शेरबहादुर देउवा मिलेर वैदेशिक लगानीकर्तालाई संयुक्त आश्वासन दिएका थिए ।

सम्मेलनले सबै राजनीतिक दलको सहमतिबाट संविधान जारी भइसकेको अवस्थामा राजनीतिक अस्थिरताका कारण वैदेशिक लगानीलाई कुनै हानी नपुग्ने विश्वास दिलाउन सफल रहेको जोशीको भनाइ छ ।

आन्तरिक लगानीकर्ता नै हतोत्साहित

त्यतिबेला र यतिबेलाको स्थितिमा धेरै फरक आएको तत्कालीन उद्योगमन्त्री जोशीले लोकान्तरलाई बताए । ‘त्यतिबेला ठूलो मात्रामा आश्वासन आएको थियो, हामीले त्यतिबेला वैदेशिक लगानी आकर्षित गर्न आवश्यक ऐन, कानून र नीतिहरू ल्याएका थियौं,’ जोशीले भने, ‘अहिले नेपालको परिस्थितिमा स्वदेशी लगानीकर्ताहरू हतोत्साहित भएको स्थिति छ । सरकार बन्ने बेलामा १ हजार ५ सय ४६ थियो सेयरको मूल्य, तर आजको मितिमा १ हजार १ सयको हाराहारीमा झरेको छ । आन्तरिक शेयर मार्केटको मूल्य २५ प्रतिशतभन्दा बढी तल झर्नु भनेको स्वदेशी लगानीकर्ताहरू हतोत्साहित हुनु हो ।’ 

‘आर्थिक सुरक्षा, बैंकिङ तरलता र व्याजदरको स्थितिलाई हेर्ने हो भने स्वयम् देशभित्रकै लगानीकर्तालाई लगानी गर्ने परिस्थितिको सिर्जना नभएको स्थिति छ भने यही अवस्थामा विदेशी लगानीकर्ता कसरी आकर्षित हुन सक्छन ?’ जोशी प्रश्न गर्छन्, ‘प्रधानमन्त्रीले जतिसुकै ठूला गफ गरेपनि आर्थिक सूचकांकहरू निरन्तर ओरालो लागिरहेको अवस्था छ ।’

लगानीकर्ताले आयोजना ओगट्ने, समयमै पूरा नगर्ने र भाग्ने समस्या

नेपालमा वैदेशिक लगानीका नाममा भारत र चीनका लगानीकर्ताले नेपालका आयोजना हडप्ने र समयमै पूरा गर्नुभन्दा पनि ओगटेर राख्ने प्रचलन रहेको छ । नेपालमा लगानी गर्नका लागि भारत र चीन बाहेकका देशबाट नगन्य रूपमा लगानीकर्ता आउने नमिठो तथ्य नेपालले भोग्दै आइरहेको सत्य हो । कतिपय आयोजना भारतीय र चिनियाँ कम्पनीको हातमा छन्, तीमध्ये कतिपय अलपत्र परेका छन् र कतिपय समयमै पूरा भएका छैनन् ।

पश्चिम सेतीबाट चिनियाँ कम्पनी भाग्नु, माथिल्लो कर्णाली परियोजनाका लागि भारतीय कम्पनी जीएमआरले आजसम्म लगानी जुटाउन नसक्नुजस्ता केही उदाहरण छन्, जसले नेपालमा वैदेशिक लगानीको स्थिति राम्रो नभएको स्पष्ट पारेको छ । केही महिनाअघि मेलम्चीबाट इटालियन कम्पनी सीएमसी भागेको ताजा उदाहरण पनि हामीसामु छ ।

नेपालको आचरण र व्यवहार लगानीमैत्री छैन : महत 

पूर्वअर्थमन्त्री रामशरण महत भने नेपालसँग सीमा जोडिएका छिमेकीहरू नेपालको सबैभन्दा ठूला बजार भएकाले भारतीय र चिनियाँ लगानीकर्ता आउनु सामान्य रहेको बताउँछन् । ‘नेपालको सबैभन्दा ठूला बजारहरू भारत र चीन हुन्, नेपालको विशाल व्यापार घाटा पनि यिनै देशहरूसँग छ,’ बिहीवार लोकान्तरसँग कुरा गर्दै महतले भने, ‘लगानीकर्ता भारतीय वा चिनियाँ भएको आधारमा हामीले कुनै षड्यन्त्र देख्नुहुँदैन ।’

नेपालको व्यवहार लगानीमैत्री नभएको महतको भनाइ छ । ‘मूल कुरा के छ भने लगानीको रियल वातावरण देशभित्र बन्नुपर्यो, लगानी गर्नका लागि के–के अप्ठ्यारा छन्, के–के बाधा छन्, नेपालले सम्बोधन गर्नुपर्ने मूल कुरा त्यही हो,’ महत भन्छन्, ‘नेपालमा सुशासनको अभाव छ, समयमा निर्णय हुँदैन, नेपालको आचरण र व्यवहार पनि लगानीमैत्री छैन, पूर्वाधारहरू राम्रो अवस्थामा छैनन्, सडकहरूको दुरावस्था छ । कतिपय लगानीकर्ताहरू लगानी गर्न इच्छुक हुन्छन् तर यी र यस्ता कारणहरूले नेपालमा असुरक्षा देखेर लगानी गर्न तयार हुँदैनन् । हाम्रो आचरण, व्यवहार र सुशासन ठीक छैन ।’

सरकारको काम गराइमा अलि समस्या देखिएको पूर्वअर्थमन्त्री महेश आचार्यको दाबी छ । आचार्यका अनुसार सरकारले प्रत्यक्ष वैदेशिक लगानीका लागि निकै सानो चित्त देखाएको छ र आन्तरिक नीति निर्माणमा सरकार निकै अपारदर्शी देखिएको छ । 

सरकारको दाबी : पारस्पारिक लाभका आधारमा वैदेशिक लगानी 

बिहीवार राजधानीको भृकुटीमण्डपमा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेलामा सम्बोधन गर्दै नेपाललाई पारस्परिक लाभका आधारमा वैदेशिक लगानीका लागि खुला गरिएको बताए । प्रधानमन्त्री ओलीले निजीकरणका नाममा नेपाली कांग्रेसले राष्ट्रको सम्पत्ति बेचेर खाएको आरोप लगाउन छाडेनन् । 

प्रधानमन्त्री ओलीले भने, ‘तर हामीले निजी र बाह्य लगानीकर्तालाई पारस्परिक लाभका आधारमा बिजनेस स्थापना गर्न आह्वान गरिरहेका छौं । जनतालाई लाभ हुनुपर्यो, राज्यलाई लाभ हुनुपर्यो, स्वयम् लगानीकर्ताहरूलाई लाभ हुनुपर्यो नि !’

त्यसका लागि सरकारले अनुकूल वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने ओलीको भनाइ थियो । ‘अब हामी आर्थिक उन्नतिका लागि लामो समय पर्खिन सक्दैनौं, तीव्र गतिमा अघि बढ्नुपर्छ,’ ओलीले भने, ‘समृद्धि हासिल गर्नका लागि तीव्र गतिका साथ बहुआयामिक विकास गर्नुपर्ने जरुरी छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x