कात्तिक १९, २०८०
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
बुटवल – नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताको प्रवेश बढ्दै गएको छ । लोक संस्कृतिको जगेर्नासँगै केही नयाँ कलाकार छोटो समयमा पनि चर्चामा आउन सफल भएका उदाहरण छन् ।
नेपाली लोक तथा दोहोरी गीत आम नेपालीको रोजाइँमा छ । त्यहीँ नेपालीका गीत गाउन कलाकारिता क्षेत्रमा जम्दै गएकी छिन् कलाकार कला पंगेनी ।
कलाकारिता यात्रा
२०६५ सालमा नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका कला पंगेनीको पहिलो गीति संग्रह ‘बोले हुन्न र’ हो । त्यसपश्चात् बर्सेनि दर्जनौं गीत बजारमा ल्याएर उनले आफूलाई नेपाली सांगीतिक जगतमा स्थापित कलाकारको रुपमा उभ्याउन सफल भएकी छन् ।
स्याङ्जा जिल्लाको मालुङ्गामा बाबु यज्ञराज र आमा ज्ञानकला बस्यालकी कान्छी छोरीको रुपमा जन्मिएकी गायिका कला पंगेनीले स्थानीय सार्वजनिक उच्च माध्यमिक बिद्यालयबाट स्कूले शिक्षा पूरा गरेकी हुन् ।
कलिलै उमेरमा स्कूल पढ्दा–पढ्दै विवाह बन्धनमा बाँधिएकी गायिका पंगेनीका १ छोरा र १ छोरी समेत छन् ।
गायनको शुरूवात
स्कूलका नियमित सांस्कृतिक कार्यक्रममा नछुटाई कला प्रस्तुत गर्ने उनको गीत गाएर पुरस्कार थाप्दाथाप्दै अचानक बिहे भएको थियो । त्यसरी बिहे भएपछि उनको गायन यात्रामा बिराम लागेको थियो ।
‘बिहे लगत्तै छोरी जन्मिएपछि फेरि गायनतर्फ सोच्ने फुर्सद पनि भएन,’ उनी सम्झन्छिन् । त्यसको ३ वर्ष पछाडि फेरि छोरा जन्मेपछि उनी पूर्णतया गृहिणी भएकी थिइन् । तर उनीभित्र सुसुप्त अवस्थामा रहेको गीत गाउने ईच्छाशक्ति बिस्तारै जाग्दै आयो र २०६५ सालमा ‘बोले हुन्न र’ भन्ने एल्बम निकालिन्, जसमा ३ गीत समावेश थिए ।
चर्चामा आएको गीत
पहिलो एल्बमबाट आंशिक सफलता प्राप्त गरेकी पंगेनीले त्यसपछि लगातार गीतहरू निकालिरहिन् । उनका तीजका गीतहरू ‘हामी चेली’ महिला आन्दोलनमा सशक्त आवाज बनेर आयो । गीतले निकै चर्चा पनि भयो । लगत्तै ‘जवानीको जोश’ भन्ने गीत एकाएक चर्चामा आएपछि भने उनी स्टेज कार्यक्रममा समेत ब्यस्त हुन थालिन् । त्यहीँ वर्ष उनको तीज गीत ‘पच्चीस हजार’ पनि हिट भएको थियो ।
गीतमा विविधता
गायिका पंगेनीले लोक सांगीतिक क्षेत्रमा चल्तीमा रहेका फरक–फरक विधाका गीतहरू गाउँदै आइरहेकी छन् । त्यसमध्ये उनको रोइला गीत ‘टेक टेक अखोटे लौरो’ र ‘म त पुरुष मान्छे’ निकै चर्चित रहे । चुड्का भाकामा रहेको ‘गुन्द्री तानेर’ लगायत झ्याउरे गीत ‘नदेखाउ है छायाँ’, ‘मनको दियो’ र ‘मुहार हसिलो’ आदि चर्चाको शिखरमा रहेका गीत हुन् । उनको पञ्चेबाजा गीत ‘मन बिगार्ने रानी’ पनि रूचाइएको गीत हो ।
तीजका गीतहरू
हरेका वर्षमा महिलाको महान् पर्व हरितालिका तीजमा पनि गीत बजारमा ल्याउँदै आएकी छन् पंगेनी । पंगेनीको ‘हामी चेली’ पहिलो तीजगीत थियो ।
त्यसपछि ‘पुरस्कार पच्चीस हजार’, ‘सादा जीवन उच्च विचार’, ‘तारा मै जस्तै होलाकी संसार’, ‘पापी घरैमा’ ‘चिटिक्कै मलाई सुहायो’ लगायत तीज गीतहरू बर्सेनि चर्चाको शिखरमा रहे ।
अवार्डहरू
गायिका पंगेनीले पहिलो पटक प्राप्त गरेको अवार्ड ‘बिन्दवाशिनी म्युजिक अवार्ड’ हो । ‘गुन्द्री तानेर’ बोलको गीतको लागि ‘सर्वोत्कृष्ट लोक गायिका’को रुपमा उनले अवार्ड जितेकी थिइन् । त्यसपछि चर्चित लोकगायक पशुपति शर्मासँग गायिका पंगेनीको देशभक्ति पूर्ण गीत आयो । ‘जोगाउनु छ कालापानी बचाउनु छ सुस्ता’ बोलको गीत देशप्रेम र देशभक्तिले ओतप्रोत भएकोले गीतको निकै सराहना भयो ।
गीतले कान्तिपुर म्युजिक अवार्ड समेत जित्यो । सोही गीतबाट गायिका पंगेनीले ईपीक नेपाल म्युजिक अवार्ड र पावर न्यूज म्युजिक अवार्ड समेत जित्न सफल भइन् । राष्ट्रिय भाव अन्तर्गतको विधामा गायिका पंगेनीलाई अवार्ड दिलाउन सफल भएको गीतले बाध्यतावश विदेशिन बाध्य नेपालीको कथा व्यथालाई गीतमार्फत प्रस्तुत गर्न खोजेको छ ।
विदेश भ्रमण
गीत गाउनकै लागि उनले भारतका धेरै शहरमा आफ्नो प्रस्तुति दिइसकेकी छन् भने पटक–पटक खाडी मुलुकको भ्रमण गरेकी छन् । गीत गाउनकै लागि १ पटक जापान र २ पटक बेलायतको भ्रमण समेत गरिसकेकी छन् ।
संस्थागत संलग्नता
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी आजीवन सदस्य गायिका पंगेनीले जिल्ला शाखा रुपन्देहीको कार्यसमिति सदस्यको रुपमा १ कार्यकाल सफलतापूर्वक पूरा गरिसकेकी छन् । लायन्स क्लबमा कोषाध्यक्ष रहेकी उनी विन्दवासिनी फाउन्डेसनकी आजीवन सदस्य समेत हुन् ।
फेरिँदो संस्कृति
संस्कृतिको कुरा गर्दा नेपाली संस्कृति निकै च्यापिँदै गइरहेकोमा निकै दुःख लाग्छ उनलाई । नेपाली भाषा एवं संस्कृति अतिक्रमणको चपेटामा परेको देखेर निराश हुन्छिन् पंगेनी । कहिलेकाहीँ तर गीत संगीतको फेरिँदो स्वरूप र बढ्दो व्यावसायिकताले कलाकारलाई जीवनयापनमा सघाउँदै गएकोमा भने उनले खुशी व्यक्त गरिन् ।
नेपालको कलाकारिता
नेपाली कलाकारिता क्षेत्र व्यावसायिक हुँदै गइरहेको पंगेनीको बुझाइ छ । ‘कार्यक्रम प्रस्तोताका लागि कामको अवस्था उत्साहजनक छ,’ पंगेनीले भनिन्, ‘मैले भर्खरै लण्डनको १ महिने भ्रमण सकेर आएँ । आउँदो जुन–जुलाईमा युरोपमा कार्यक्रमहरू तय भएका छन् । लगत्तै नयाँ गीतहरू गर्ने तयारीमा छु । तीज गीतको तयारी छिट्टै नै शुरू गर्नुपर्ने अवस्था छ । यसपटक एकल तीज गीत ‘तारा भाग–२’ तयार गर्ने सोच बनाएकी छु ।’
उनको तीजको लगत्तैको लागि अर्को लोक गीत रिलिज हुँदैछ । परदेशिएका युवा र त्यही बाध्यतामा परेर खण्डित हुँदै गइरहेको पारिवारिक अवस्थालाई मुख्य कथा बनाएर नयाँ गीत तयार रहेको उनले बताइन् । त्यो तीजपछि रिलिज गर्ने सोचमा छिन् कला ।
‘गीतको स्वरुप परिवर्तन हँुदै गइरहेको सन्दर्भमा समय परिवर्तनशील छ । समाज पनि त्यही अनुसार बदलिँदै गएको छ,’ उनले भनिन् ।
‘बदलिँदै गएको संस्कृति अनुसार संगीतले पनि आफ्नो स्वरुप परिवर्तन गरेर व्यावसायिक भएको छ । कुनै–कुनै अपवादबाहेक अहिलेका गीत संगीत राम्रा छन् । यसरी परिवर्तन भएर नयाँ स्वरुप र स्वादमा लोक गीत आउनु पनि राम्रो हो । यसो भन्दैमा पुराना गीतको मर्मलाई प्रहार गर्ने गरी गीत बिगार्नु हुँदैन,’ उनको सुझाव छ ।
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...