फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
धनगढी – तत्कालीन ‘जनयुुद्धकालीन जनअदालत’को उजुुरी लेख्ने १ छापामार योद्धाले आफ्नो लेखनीलाई रुपान्तरण गरी आज मूलधारको पत्रकारितामा सक्रियता जनाएकी छन् ।
शोषक सामन्तविरुद्ध उजुरी लेखेर शोषित पीडित निमुखा जनतालाई न्याय दिलाउन अहोरात्र खटिएकी कैलालीको कैलारी गाउँपालिका–८ दुधियाकी ३४ वर्षीया कालीमैयाकुमारी चौधरी ‘उन्नति’ मूलधारको पत्रकारितामार्फत उदाइरहेकी हुुन् ।
उनी अगाडि भन्छिन्, ‘त्यतिबेला जनअदालतमा आउने पीडितका उजुरी लेखेर न्याय दिलाउने कर्म गरिन्थ्यो । आज पत्रकारितामार्फत आवाजविहीनको आवाज मुखरित गर्ने प्रयत्न गरिन्छ ।’
सशस्त्र द्वन्द्व चर्किएको बेला घरपरिवार छोडेर तत्कालीन नेकपा माओवादीमा लागेकी थिइन् उन्नति । त्यहीबेला उनलाई जनअदालतमा आउने मु्द्दाको जाहेरी लेख्ने जिम्मेवारी दिइएको थियो । उनले त्यहाँ ६ महिनासम्म जाहेरी लेख्ने काम गरिन् । न्याय निरुपणमा सहजीकरण गरिन् । उजुुरी लेखाउन आउनेले दिएको थोरै पैसाले आफ्नो गुजारा चलाएको उनी स्मरण गर्छिन् ।
‘प्रतिजाहेरीको ५ रुपैयाँ पाउँथें । त्यहीँ पैसाबाट साँझ–बिहान तरकारी र नास्ताको खर्च जोहो हुन्थ्यो,’ उनले आफ्नो जनयुद्धकालीन अनुभव सुनाइन् ।
लेखन कार्यमा उनको रुची बढ्दै जान थालेपछि पार्टीले उनलाई प्रचारप्रसार विभागमा खटायो । २०६३ सालमा माओवादीको मुखपत्रको रुपमा चिनिने सेम (सेतीमहाकाली) आवाज पत्रिकाको हकर बन्न पुगिन् ।
‘पत्रकारिताबारे पूूर्णरुपमा अनभिज्ञ थिए । मुुद्दाको उजुुरी त लेख्थे । तर समाचार के लेख्ने र कसरी लेख्नेबारे ज्ञान थिए । कुुनै रोजाइको विषय थिएन । न त रहरको विषय नै,’ उनले भनिन्, ‘पार्टीले दिएको जिम्मेवारी पूरा गर्न मात्रै यो क्षेत्रमा प्रवेश गरेको थिए । घरपरिवारले मेरो पेशा कहिल्यै स्वीकार गरेनन् । जहिले घृणा मात्रै गरिरहे । तर म यो पेशाबाट अलग हुन सकिनँ ।’
पत्रिकामा आवद्ध भएपछि उनलाई बेलाबखत पत्रिका सञ्चालन र समाचार लेखनबारे अनुुशिक्षण दिन थालियो । पत्रिकामा आवद्ध पत्रकार दीपेन्द्र रावलले समाचार लेखन तथा रिपोर्टिङ कसरी गर्ने भन्नेबारे प्रारम्भिक चरणमा अनुुशिक्षण दिएको उनी बताउँछिन् ।
पहिलो पटक २०६४ असारमा त्यही पत्रिकामा बाइलाइन समाचार प्रकाशन भएपछि पत्रकारिता पेशाप्रति आफ्नो लगाव र झुुकाव झनै बढेको उनको भनाई छ । तर त्यसताका कैलालीमा पत्रकारिता क्षेत्रमा चुनौती नै चुनौती थियो । त्यसमाथि पत्रकार महिलाले झनै अनेकथरि समस्याको समना गर्नुुपर्थ्यो ।
अहिले पनि कैलालीमा औलाले गन्न सकिने पत्रकार महिला छन् । त्यसताका त झनै पत्रकार महिलाको संख्या र अवस्था निकै दयनीय थियो । ‘उतिबेला कैलालीमा पुुरुष पत्रकार मात्रै थिए । पत्रकार महिला त लोग्शरी कुुँवरसहित ३–४ जना मात्रै थियौं । पत्रकार महिलाले पत्रकारितामा क्रियाशील रहन त्यति सहज थिएन,’ उनले भनिन् । यसबीच उनले आर्थिक संकटको समेत सामना गरेको बताइन् । धेरै दिन भोकभोकै समेत बसेको उनी सुुनाउँछिन् ।
‘कहिले गोजीमा पैसा हुँदैन्थ्यो । राम्रोसँग नेपाली पनि बोल्न आउँदैन्थ्यो । थारु, त्यसमा पनि महिला । धेरै संघर्ष गर्दै पढाइ, परिवार सबै त्यागेर पत्रकारितामै भविष्य खोज्न थाले । बोल्न नसकेर धेरै दिन भोकै बसेको सम्झना आँखा अगाडि आज पनि खेलिरहन्छ,’ उनी अतित सुनाउँछिन्, ‘हुन त म अफिसमै खाने र बस्ने गर्थे । १ दिन चामल र ग्यास सँगै सकियो, दीपेन्द्र दाईको गोजीमा १० रुपैयाँ थियो । उहाँले त्यो रुपैयाँ दिएर गुड किन्न पठाउनुभयो । २ दिनसम्म त्यो गुड र पानी खाएर हामी दाई बहिनीले पत्रिकाको काम गर्यौं ।’
उनको पत्रकारिताका गुुरू रावल जनयुुद्धका घाइते हुुन् । शरीरभरि गोलीका छर्रा लागेका रावल त्यसताका उपचारबाट फर्केर पत्रिकामा आवद्ध थिए । अझैसम्म गोलीका छर्रा शरीरमा रहेका रावल पत्रकारितामा क्रियाशील छन् ।
पछिल्ला दिन पत्रकारिता पेशालाई जीवनको मुुख्य गोरटो बनाएकी उन्नति आधा दर्जन बढी पत्रपत्रिकामा आवद्ध भइन् । तर मोफसलको पत्रिका आर्थिक रुपमा सबल हुुन नसक्दा उनी धेरै पत्रिकामा ‘भोलेन्टियर’ भएर काम गरेको तीतो यथार्थ समेत सुुनाउँछिन् भने कतिपय पत्रिका बन्द समेत भए ।
‘मैले काम गर्ने पत्रिकाका सम्पादक जेपी जोशी २०६५ सालमा वेपत्तापश्चात् ५५ औं दिनमा कंकाल फेला पर्यो । जुन घटनाले मलाई थप संघर्षशील बनायो । त्यसपछि म पार्टीभन्दा बाहिरको पत्रिकामा काम गर्न थाले,’ उनले भनिन्, ‘त्यहाँबाट मासिक ४ हजार त्यो पनि किस्ता–किस्तामा आउँथ्यो । त्यही पैसाबाट खान लाउन, यातायात सबैको जोहो गर्नुुपर्थ्यो ।’
यौन दुव्र्यवहारको शृंखलै–शृंखला
पत्रकारिताको दौरान उनी पटक–पटक यौन तथा लैंगिक दुुव्र्यवहार समेत परिन् । ‘केही पत्रकार साथीहरूसँग मिलेर हामीले ‘न्यूज पश्चिमेली’ पत्रिका सञ्चालन गरेका थियौं । म त्यो पत्रिकाको उपसम्पादक थिए । रिपोर्टिङ, अपरेटिङ, मार्केटिङ सबै आफैं हेर्नुपर्ने भएकाले दिनभरि बजारमा डुल्थे, साँझ समाचार लेखेर राति पत्रिका सेटिङ गर्दा गर्दै १२–१ पनि बज्थ्यो,’ भावविह्वल हुुँदै उनी भन्छिन्, ‘१ दिन राति ८ बजेतिर कार्यालय फर्किरहेकी थिए । त्यसैक्रममा १ अपरिचित व्यक्तिले पछाडिबाट आएर मेरो संवदेनशील अंग समात्यो । म चिच्याए । जबर्जस्ती गर्न थाल्यो । हत्तपत्त हातमा ढुंगा समाते । त्यही ढुंगाले लखेटेपछि बल्ल–बल्ल जोगिए ।’
अविवाहित युुवती हुुँदा पनि बेलाबखत प्रताडित हुनुपरेको उनी बताउँछिन् । विभिन्न व्यक्तिबाट उनको फेसबूक इनबक्समा अश्लिल तस्विर र म्यासेस आउने गरेका छन् । हालै उनले फेसबुुकमा अश्लिल सामग्री प्रेषण गर्नेविरुद्ध उजुरी समेत हालेको थिइन् । साइबर क्राइम मुुद्दा अन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलालीले ‘दुुःखी आत्मा’ नाम राखेर फेसबुक चलाउने नुुवाकोटका नारायण रिमालमाथि अनुुसन्धान थालेको छ ।
उनलाई १ जना परिचित मान्छेले नै विज्ञापन लिन आउने बहानामा बोलाएको तर पछि सांकेतिक रुपमा यौन आशयले दुुव्र्यवहार गरेको बताउँछिन् ।
पत्रकारितामा उनले आफ्नो लेखनीले धेरैका वाहवाही पाएकी छिन् भने धेरै धम्की र अनेकन चोटहरू पनि । यद्यपि उनी पत्रकारिता पेशाप्रति अडिग छिन् । समस्या र चुनौतीसँग जुध्दै क्रियाशील छिन् । पछिल्लो समय आफ्नै सम्पादनमा ‘केरनी न्यूज डटकम’ अनलाइन सञ्चालन गरेकी छिन् ।
सामाजिक अभियन्ता पनि
पत्रकारितासँगै उनी अन्याय तथा थिचोमिचोविरुद्ध बहस पैरवी समेत गर्दै आएकी छिन् । उनले अगाडि थपिन्, ‘थुप्रै हिंसा पीडितलाई आफ्नै ओछ्यानमा सहारा समेत दिएकी छु । २०६९ सालमा बोक्सीको नाममा कुटिएकी राजकुमारी रानाको घटना होस्, २०७४ साल महिला दिवसको दिन भोले बाबाबाट कुटिएकी राधा चौधरी होस् । शारीरिक र भौतिक रुपले प्रत्यक्ष सहभागी भई म लगायतले उहाँहरूलाई न्याय दिलाएका छौं ।’
उनी विशेषतः कमैया, कमलहरी, दलित, जनजाति, सीमान्तकृत समुदाय लगायतको हक अधिकारको सवालमा बढी कमल चलाउनुुको साथै बहस पैरवी गर्दै आएकी छिन् । हाल उनी क्रियाशील पत्रकार महिलाको जिल्ला अध्यक्ष, दलित महिला अधिकार मञ्च नेपालको सचिव, थारु पत्रकार संघको प्रदेश संयोजक, महिला मानव अधिकार रक्षक सञ्जालको जिल्ला सदस्य रहेकी छिन् ।
महिलामैत्री छैनन् मिडिया हाउस
नेपालमा अझै पनि महिलालाई पत्रकारिता पेशामा सहजता नभएको उनको अनुुभूति छ । यहाँसम्म कि मिडिया हाउस पनि महिलामैत्री बन्न नसकेको उनको भनाई छ । जसको लागि भौतिक संरचना, व्यवस्थापनदेखि नीति निर्माण तहसम्म महिलाको सहभागिता जरुरी रहेको औल्याइन् ।
उनले थपिन्, ‘अबको दिनमा पत्रकारितामा महिलाको उत्साहजनक सहभागिता गराउन उत्तिकै जरुरी छ । महिला सहभागिताले पनि मिडिया हाउसलाई महिलामैत्री बनाउन सघाउ पुुग्छ ।’
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...