मुस्लिम बस्तीमा रुवाबासी : 'अल्लाह ! गाउँमा यो कुन काल आयो ?'

बाराको फेटा गाउँपालिका ३ पुरैनियाकी मुकिमा खातुन्
चैत १८, २०७५

बारा - बारा र पर्सामा आइतवार बेलुका आएको हावाहुरीले निकै ठूलो वितण्डा मच्चाएको छ ।

गृह मन्त्रालयका अनुसार २७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ ।


ADVERTISEMENT

सयौं घाइते भएका छन् । घाइतेहरूको कलैया, वीरगञ्ज तथा काठमाडौं लगायतका स्थानका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हुरीले धेरैको घरबार खोसेको छ । कतिले परिवारका सदस्य गुमाएका छन् । पीडा हेरिसाध्ये छैन ।

...

बाराको फेटा गाउँपालिका ३ पुरैनियाकी मुकिमा खातुन् सोमवार मध्याह्न भग्नावशेषमा उभिएर टोलाउँदै थिइन् (माथि फोटोमा) ।

हृदयविदारक सन्नाटाको बीचमा उभिएकी मुकिमाको घरको नामोनिशान छैन । इँटा र काठहरूको थुप्रो मात्र देख्न सकिन्छ ।

फूसका घरहरू त हावासँगै उडेका छन् । गाउँभरिमा ११ जनाले ज्यान गुमाएका छन् ।

दुई छोरा र सासूसहित परिवारका सदस्यहरू घाइते छन् । घरभित्र रहेको अन्नपात नष्ट भएको छ, बाख्रा-कुखुरा मरेका छन् ।

...

पुरैनिया मुस्लिम बस्ती हो । 

मरेर जाने त गए, बाँच्नेहरूले निकै सकसपूर्ण दिन व्यतित गरिरहेका छन् ।

कोही ढलेको बाँसको झाङलाई सहारा बनाएर बसेका छन् भने कोही घाइते आफन्त र पुरानो बस्ती सम्झिएर भावविह्वल छन् ।

हाम्रै अगाडि भीडबाट एक महिलाले भनिन्, 'अल्लाह ! गाउँमा यो कुन काल आयो ?'

अल्लाहसँग उनको प्रार्थना छ, 'यस्तो काल कतै नआओस् ।'

हेर्नुहोस्, फोटो फिचर : 

चैत १८, २०७५ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस