कात्तिक १४, २०७५
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
काठमाडौं – अपराजेय ठानिने टर्कीका राष्ट्रपति रजब तैयप अर्दोआनलाई स्थानीय निर्वाचनमा ठूलै झड्का लागेको छ ।
उनको दलले राजधानी अंकारामा हार बेहोर्नुपरेको छ र विपक्षले इस्तानबुलमा पनि आफ्नो जीतको दाबी गरेको छ ।
अर्दोआनले कुनै कमी भए त्यसलाई ठीक पार्ने जिम्मेवारी आफूहरूको भएको बताएका छन् ।
देशको अर्थव्यवस्था कमजोर भइरहेको अवस्थामा यो चुनाव भएको हो । चसनावलाई अर्दोआनको नेतृत्वमाथिको जनमतसंग्रहका रूपमा हेरिएको छ ।
चुनावमा ५.७ करोड मतदाताले मेयर र काउन्सिलर छान्नका लागि भोट दिएका थिए ।
टर्कीको मिडियाका अनुसार, सेक्युलर पीपुल्स पार्टीका उम्मेदवार मन्सूर यावासले अंकारामा पर्याप्त भोट पाएर जितेका छन् ।
तर देशको सबभन्दा ठूलो शहर इस्तानबुलमा सीएचपी र अर्दोआनको पार्टी एकेपी दुवैले जीतको दाबी गरिरहेका छन् ।
सीएचपी उम्मेदवार एक्रेम इमामोग्लूले २८ हजार भोट पाएर जितेको दाबी गरेका छन् । उता एकेपी उम्मेदवार पूर्व प्रधानमन्त्री बिनाली यील्द्रिमले आफू चार हजार भोटसहित अगाडि रहेको बताएका छन् ।
दुवै उम्मेदवारलाई ४० लाख भोट प्राप्त भएको बताइएको छ ।
सीएचपी नेता कमाल किलिडारोग्लूले भने, ‘मानिसहरूले लोकतन्त्रको पक्षमा भोट दिएका छन् र लोकतन्त्र छानेका छन् ।’
यसैबीच अर्दोआनले आफ्ना समर्थकहरूसँग कुराकानी गर्दै एकेपीले इस्तानबुलमा हार बेहोर्न सक्ने संकेत दिएका छन् ।
उनले भने, ‘हामीहरू मेयरको पद पाएनौं भने पनि जिल्लाहरू चाहिँ एकेपीले नै जित्नेछ ।’
टर्कीमा आमनिर्वाचन सन् २०२३ मा हुँदैछ र अर्दोआन देशको अर्थव्यवस्था सुधार्ने वाचा गरिरहेका छन् ।
बीबीसीबाट
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...