पुस २, २०७५
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं – युक्रेनका राष्ट्रपति उम्मेदवार भोलोदिमीर जेलेन्स्कीले राष्ट्रिय निर्वाचनको पहिलो चरणमा अग्रता लिएको केन्द्रीय निर्वाचन आयोगले सोमवार जनाएको छ ।
आइतवार सम्पन्न निर्वाचनमा ६० प्रतिशत मतगणना मात्र भएको छ । त्यसमा हास्यकलाकार र राजनीतिमा नवप्रवेशी जेलेन्स्कीले ३०.४ प्रतिशत मत पाएका छन् । उनलाई विद्रोही उम्मेदवारका रूपमा हेरिएको छ र उनले जवान मतदातालाई अपील गरेका छन् ।
‘म सबै युक्रेनीहरूलाई धन्यवाद दिन्छु जसले रमाइलोका लागि मात्र मत दिएनन्,’ उनले रेडियो लिबर्टीसँगको अन्तर्वार्तामा भने ।
जेलेन्स्कीले युक्रेनी टीभी शृंखला सर्भेन्ट अफ द पीपुलमा खेलेका थिए जहाँ उनी एक असफल शिक्षकबाट अनपेक्षित रूपमा देशको राष्ट्रपति बनेका थिए । वास्तविक जीवनमा पनि उनी राष्ट्रपति बन्ने आशा लिएर बसेका छन् ।
उनले खसेकोमध्ये ५० प्रतिशत मत नल्याएमा अप्रिल २१ मा दोस्रो चरणको निर्वाचनमा भाग लिनुपर्ने हुन्छ । त्यतिखेर उनको प्रतिस्पर्धा बहालवाला राष्ट्रपति पेट्रो पोरोशेन्कोसँग हुने सम्भावना छ । पोरोशेन्कोले कसल मतको १६.४ प्रतिशत ल्याएका छन् ।
प्रारम्भिक नतिजाअनुसार, पूर्व प्रधानमन्त्री युलिया टीमोशेन्कोले १३.१ प्रतिशत मत ल्याएकी छन् ।
जेलेन्स्कीसँग खासै राजनीतिक अनुभव छैन तर उनको व्यापार साम्राज्य निकै ठूलो छ । उनले मनोरञ्जन जगतमा करोडौंको सम्पत्ति जोडेको बताइन्छ ।
उनका नीतिहरूमा कुनै गहिराइ नरहेको भनी आलोचना हुने गरेको भए पनि जेलेन्स्कीले सुधारवादी विज्ञहरूलाई आफ्नो सल्लाहकार टोलीमा राखेका छन् ।
सीएनएनबाट
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...