माघ २०, २०७४
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं – आसन्न लोकसभा निर्वाचनका लागि भारतीय कांग्रेस पार्टीले मंगलवार घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस अध्यक्ष राहुल गान्धीले यसलाई बन्द कोठामा नबनाइएको र यसले देशका जनताको भावनालाई प्रतिनिधित्व गर्ने बताए ।
घोषणापत्रका प्रमुख कुरा यस्ता छन् :
न्यूनतम आयको प्रत्याभूति
कांग्रेसले न्यूनतम आय योजना कार्यान्वयन गरेर गरीबी निवारण गर्ने प्रतिबद्धता जनाएको छ । यस योजनाअन्तर्गत वर्षको ७२ हजार भारु सबभन्दा गरीब २० प्रतिशत घरपरिवारलाई दिइनेछ । सम्भव भएसम्म परिवारकी महिलालाई उक्त रकम दिइनेछ ।
रोजगारी क्रान्ति
भारतका युवाका लागि कांग्रेसले सरकारी र निजी दुवै क्षेत्रमा रोजगारीको प्रतिज्ञा गरेको छ । पार्टीले निर्वाचित भएमा सार्वजनिक क्षेत्रमा ३४ लाखवटा नयाँ जागिरको प्रतिज्ञा गरेको छ अनि मार्च २०२० सम्म केन्द्रीय सरकारका ४ लाख रिक्त पदपूर्ति गर्ने बताएको छ । उसले राज्य सरकारलाई रिक्त २० लाख पद भर्न विश्वस्त तुल्याउने र प्रत्येक ग्राम पञ्चायत तथा नगरपालिकामा १० लाख नयाँ सेवा मित्र रोजगारी सिर्जना गर्ने भनेको छ ।
कृषक तथा मजदूर
कांग्रेसले कृषकहरूका लागि कर्जमाफी हुँदै कर्जमुक्तिको प्रतिज्ञा गरेको छ । घोषणापत्रले बेग्लै किसान बजेट प्रत्येक वर्ष प्रस्तुत गर्ने भनेको छ । स्थायी कृषक विकास र योजनासम्बन्धी राष्ट्रिय आयोग बनाउने प्रतिज्ञा पनि कांग्रेसले गरेको छ ।
सबैका लागि स्वास्थ्यसेवा
कांग्रेसले स्वास्थ्य सेवा अधिकार ऐन बनाउने र सबै नागरिकका लागि निःशुल्क स्वास्थ्यजाँच, बहिंरग सेवा, निःशुल्क औषधि र अस्पताल भर्नाको प्रत्याभूति दिने बताएको छ । कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत खर्च गर्ने गरी स्वास्थ्य सेवामा अहिलेको भन्दा दुईगुणा बढी खर्च गरिने कांग्रेसको प्रतिज्ञा छ ।
जीएसटी २.०
कांग्रेसले जीएसटीलाई सरल बनाएर मध्यम दरको कर, निर्यातमा शून्य रेटिङ र अत्यावश्यक सामान तथा सेवामा करछुटको प्रतिज्ञा गरेको छ ।
सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षा
कांग्रेसले कक्षा १ देखि १२ सम्म शिक्षा अनिवार्य तथा निःशुल्क गराउने बताएको छ । शिक्षाका लागि सन् २०२३–२४ सम्ममा कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशत रकम छुट्ट्याइने उसको प्रतिज्ञा छ ।
लैंगिक न्याय
कांग्रेसले महिलाका लागि लोकसभा र विधानसभामा ३३ प्रतिशतको आरक्षणको व्यवस्था गर्ने महिला आरक्षण विधेयक पारित गर्ने प्रतिज्ञा गरेको छ । अनि केन्द्रीय सरकारी जागिरमा महिलाका लागि ३३ प्रतिशत कोटा छुट्ट्याउने पनि भनेको छ ।
घरको अधिकार
कांग्रेसले घरको अधिकार ऐन ल्याएर घरवारविहीन सबै गाउँले घरपरिवारका लागि जमीन उपलब्ध गराउने प्रतिज्ञा गरेको छ ।
कांग्रेसले आदिवासी, सैनिक, वातावरण तथा जलवायु परिवर्तन, ठूला शहर तथा शहरी सुशासन, घृणा अपराधको अन्त्य लगायतका विषयमा पनि प्रतिज्ञा गरेको छ ।
हिन्दुस्तान टाइम्सबाट
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...