×

NMB BANK
NIC ASIA

अधिनायकवाद होइन, समाजवाद आउँदैछ - प्रधानमन्त्री ओली

चैत २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा समाजवाद आइरहेको बताएका छन् । कतिपयले देशमा अधिनायकवाद आएको भनेर टिप्पणी गर्ने गरेको भएतापनि त्यो टिप्पणीको कुनै औचित्य नभएको प्रधानमन्त्री ओलीको दाबी छ । राजधानीस्थित एक होटेलमा आयोजित राष्ट्रिय विकास परिषदको बैठकमा १५ औं योजनाबारे छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालमा अधिनायकवाद आएको छ भन्ने टिप्पणीको कुनै औचित्य नभएको बताएका हुन् ।

Muktinath Bank

'देश अधिनायकवादतिर गयो भन्ने कुराको कुनै औचित्य छैन, अहिले देश समाजवादतर्फ बढिरहेको छ,' प्रधानमन्त्री ओलीले भने, 'देश तीव्र गतिका साथ अगाडि बढिरहेको छ । देशलाई प्राप्त यस अवसरलाई हामीले कुनै पनि हालतमा तलमाथि गर्नु हुँदैन ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देश आगामी ५ वर्षमा कसैले सोच्न नसकिने गरी विकसित हुने प्रधानमन्त्री ओलीको भनाइ छ । बैठकमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले भोकमरीले कोही नेपाली मर्नुनपर्ने भनाइ पटक पटक दोहोर्याएका थिए । 'अब नेपालमा भोकमरीले कोही पनि मर्दैन,' प्रधानमन्त्री ओलीले भने, 'केही गरीबी र असमानता छ, त्यसलाई समाधान गर्नका लागि केही समय लाग्न सक्छ । हामीले अनिवार्य चाहिने जति समय लिएका छौं कि चाहिने भन्दा बढी अनावश्यक समय लिएका छौं त्यो विचार गर्छौं ।'


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशलाई समृद्धि र प्रगतिको दिशातर्फ लैजान चाहिने भन्दा बढी समय नलिएको बताए ।

Vianet communication
Laxmi Bank

'साथीहरूले सघन ढंगले छलफल गरेर विचार, विमर्श र टिप्पणीहरू गर्नुहुनेछ,' राष्ट्रिय विकास परिषदमा भएका छलफलहरूले दीर्घकालीन फाइदा पुर्याउने विचार राख्दै प्रधानमन्त्री ओलीले भने, 'यहाँ भएका छलफल र टिप्पणीलाई 'सम अप' गरेर राखिनेछ । त्यसपछि यी टिप्पणीलाई राष्ट्रिय योजना आयोगको बैठकमा छलफल भएर मन्त्रिपरिषदमा लगिनेछ ।' प्रधानमन्त्री ओलीले थपे, 'मन्त्रिपरिषदले यी छलफल र टिप्पणीलाई योजनाका रूपमा अघि बढाउनेछ ।'

अहिलेको समय कानून निर्माण र समृद्धिको आधार वर्ष भएको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालको बारेमा विश्वमा छलफल हुन शुरू भएको भन्दै ओलीले भने, 'विश्वले नेपालको मूल्यांकन गरिरहेको छ । जनताको विश्वास र छिमेकीको विश्वासलाई सरकारले सम्मान गर्नेछ । हामी कत्ति पनि समय बर्बाद गर्ने पक्षमा छैनौं ।'

बुधवार काठमाडौँमा आयोजित राष्ट्रिय विकास परिषदको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, संघीय संसद विषयगत समितिका सभापतिहरु, सांसदहरु, विज्ञहरुसहित ३ सय ५० जनाभन्दा बढिको सहभागिता रहेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x