×

NMB BANK
NIC ASIA

नमूना शिक्षालय

सामुदायिक विद्यालय हुनु त यस्ता ! भर्ना पाउन १ महिना अघिदेखि नै चहलपहल

चैत २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – आम नेपालीको बुझाइ छ – सामुदायिक विद्यालय भन्नसाथ पढाइ कमजोर हुन्छ । तर ५ नम्बर प्रदेशको राजधानी रूपन्देही (बुटवल आसपास) का केही सामुदायिक विद्यालयले आमधारणा विपरीत आफूूलाई अब्बल सावित गरेका छन् ।

Muktinath Bank

ती विद्यालयमा नयाँ शैक्षिक सत्र शुरू हुनु पूर्व संस्थागत विद्यालयबाट भर्ना हुनका लागि विद्यार्थीहरूको तछाडमछाड लाग्ने गर्छ । नयाँ शैक्षिक सत्र शुरू हुन अब केही हप्ता बाँकी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती विद्यालय हुन् बुटवलको कालिका मानव ज्ञान मावि, कान्ति मावि, तिलोत्तमास्थित शान्ति नमूना मावि र बुटवलकै नविन औद्योगिक कदरबहादुर रीता मावि । यी नेपालकै अब्बल सामुदायिक विद्यालयका रूपमा ‘दर्ज’ भएका स्कूलमा पर्छन् । यी विद्यालयका विद्यार्थीको हरेक वर्षको नतिजा १.६ जीपीएभन्दा कम छैन ।


Advertisment
Nabil box
Kumari

यी विद्यालयमा भर्नाका लागि प्रवेश परीक्षा उत्तीर्ण हुुनुुपर्छ । परीक्षामा पास नभए मन्त्रीदेखि सांसदहरूले सोर्स लगाएपनि चल्दैन ।

Vianet communication
Laxmi Bank

कुशल व्यवस्थापन, मिहिनती शिक्षक र सहयोगी अभिभावकको समन्वयले हरेक वर्षको एसईई परीक्षामा संस्थागत विद्यालयभन्दा उत्कृष्ट नतिजा ल्याउँदै आएका छन् । भर्खरै एसईई परीक्षा र कक्षा १–९ को परीक्षा पनि सकिएको छ । अब विद्यार्थी भर्नाको समय आएको छ । 

गत वर्ष १ हजार २ सय नयाँ विद्यार्थी भर्ना गरेको कालिका मानव ज्ञान माविले यस वर्ष भने ४ सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना नलिने योजनामा छ । विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले यस वर्ष कम विद्यार्थी भर्ना लिने बताए । 

‘गत वर्ष हामीले मानव ज्ञानलाई कालिकासँग मर्ज गरेपछि धेरै विद्यार्थी भर्ना गरेका थियौं,’ पाठकले भने, ‘यस वर्ष १ देखि ५ कक्षासम्म ३ सय र ६–८ सम्म १ सय मात्र विद्यार्थी भर्ना लिने बताए ।

विद्यालयका ५ वटा आफ्नै विद्यार्थीलाई बोक्ने गाडी छन् । विद्यालयमा अहिले ५ हजार ५ सय २९ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको गत वर्षको एसईईमा १ सय ८ जना विद्यार्थीले ३.६५ जीपीए ल्याएर उत्तीर्ण भएका थिए । यस वर्षको एसईई परीक्षामा विद्यालयबाट ३ सय ७१ जना विद्यार्थी सहभागी छन् । 

पाठकले यस वर्षको एसईईमा ४ जीपीएसहित २ सय विद्यार्थीको नजिता ३.६५ भन्दा माथि आउने आशामा आफूहरू रहेको दावी गरे । विद्यालयमा झण्डै २ सय शिक्षक कर्मचारी कार्यरत छन् । कालिका मुलुककै धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयमा पर्छ । विद्यालयमा मन्टेश्वरीदेखि अंग्रेजी नेपाली दुवै माध्यममा पढाइ हुन्छ । 

विद्यालयले आउँदो वैशाख २ गतेदेखि भर्नाका लागि फर्म वितरण गर्ने ६ गते प्रवेश परीक्षा लिने र ८ गते नतिजा प्रकाशन गरी ३ दिन भर्नाको समय राखेर ११ गतेदेखि पढाइ शुरू गर्ने योजनामा छ । गत वर्ष विद्यालयमा भर्नाका लागि ३ हजारभन्दा बढी विद्यार्थी आएका थिए । कालिकाले विगत ६ वर्षदेखि लगातार साविक एसएलसी र हाल एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको छ । कालिकाले राष्ट्रिय पुरस्कार पनि लगातार हात पार्दै आएको छ ।

सामुदायिक विद्यालयले निजीलाई चुनौती मात्र दिएका छैनन्, निजी विद्यार्थी नै तानेको छ तिलोत्तमाका शान्ति नमूना माविले पनि । यस वर्ष विद्यालयले ६ सय विद्यार्थी भर्ना गर्नेछ । गत वर्ष १ हजार ३ सय विद्यार्थी भर्नाका लागि आएका थिए । जसबाट ५ सय विद्यार्थी मात्र भर्ना हुन पाएका थिए । विद्यालयमा अहिले २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । 

विद्यालयका प्राचार्य कूलप्रसाद लामिछानेले ६ सय विद्यार्थी भर्ना गर्ने बताए । ‘यस वर्षको एसईई परीक्षामा ३ सय ४१ जनाले एसईई दिएका छन् । त्यो ठाउँ खाली नै भयो । त्यसमाथि ३ सय विद्यार्थी थप भर्ना लिन्छौं,’ उनले भने, ‘निजी विद्यालय छाडेर आउनेको ओइरो नै लाग्छ विद्यालयमा निजीको भीड थाम्नै सक्दैन ।’ गत वर्षको एसईई परीक्षामा सबै विद्यार्थीले २ जीपीएभन्दा माथि ल्याएका थिए । 

विद्यालयकी छात्र भावना अर्यालले २०७१ सालको एसएलसी परीक्षामा ९३.८८ प्रतिशत अंक ल्याएर नेपाल द्वितीय भएकी थिइन् । विद्यालयमा आफ्नै २ वटा गाडी पनि छन् । यी विद्यालयमा ५ नम्बर प्रदेशमा मन्त्री सांसददेखि धेरै जनप्रतिनिधिका छोराछोरीले पढ्ने गर्छन् ।

नविन औद्योगिक कदरबहादुर रीता माविले पनि यस क्षेत्रकै अब्बल स्कूल हो । १ हजार ८ सय विद्यार्थी अध्ययनरत विद्यालयमा अधिकांश सुुकुम्बासी र विपन्न परिवारका बालबालिका पढ्छन् ।
विद्यालयका प्राचार्य प्रेमबहादुुर बस्नेतले नयाँ शैक्षिक सत्रमा ४ सय विद्यार्थी नयाँ भर्ना गरिने बताए । विद्यालयको टाढाटाढाका विद्यार्थी ल्याउने आफ्ना गाडी छन् । विद्यालयमा कक्षा ९ देखि १२ सम्म इन्जिनीयरिङको पढाइ हुुन्छ । 

यी विद्यालयमा पठन संस्कृतिको अनुुशरण गर्न विभिन्न जिल्लाका शिक्षक र जनप्रतिनिधिले प्रत्येक दिन विद्यालयको अवलोकनका लागि आउने गर्छन् । मन्टेश्वरी पनि निजी विद्यालयभन्दा कम छैनन् । 

बुटवलका कान्ति मावि यस क्षेत्रको अब्बल सामुदायिक विद्यालय हो । विद्यालयका प्रअ गोविन्द ज्ञवालीले ५ सय नयाँ विद्यार्थी भर्ना गर्ने योजनामा आफूहरू रहेको बताए । विद्यालयबाट ३ सय विद्यार्थीले एसईई परीक्षा दिएका छन् । ‘एउटा हाम्रो पुुरानो भवनमा पढाइ गर्न सक्ने अवस्था नभएकाले ५ सय मात्र विद्यार्थी भर्ना लिने योजनामा रहेको छ,’ उनले भने । शिक्षक कर्मचारी १ सय २० जना छन् । ‘संरचनाको अभावले थप गर्न सकेको छैन । प्रदेश सरकारले नहेर्दा समस्या छ,’ प्रअ ज्ञवालीले भने ।

२०७१ सालको एसएलसी परीक्षामा विद्यालयका छात्र मनोज भण्डारीले ९३.५ प्रतिशत अंक ल्याएर नेपाल तृतीय भए । उनीसँग ९० प्रतिशत अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी ४ जना थिए । गत वर्ष ३ सय नयाँ विद्यार्थी विद्यालयमा भर्ना भएका थिए भने इन्टान्स परीक्षामा १ हजार ५ सय सहभागी थिए । 

सामुदायिक विद्यालयमा राजनीतिक नगर्ने हो भने विद्यालय सुुधार गर्न गाह्रो नहुुने बस्नेतको अनुुभव छ । ‘गरीब र धनीबीचको खाडल पुर्नका लागि सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको सुधार अभियान सञ्चालन गर्नुपर्छ,’ उनले भने ।

धेरै निजी विद्यालय छाडेर पछिल्लो समय अब्बल नतिजा ल्याउने विद्यालयमा भर्ना हुन जाने क्रम बढेको छ । रुपन्देहीका स्थानीय तहले कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई मर्ज गरेर शैक्षिक सुधार गर्ने बाटोमा लागेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x