मंसिर १८, २०८०
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
बुटवल-अवैध रुपमा भारतीय बाटो हुँदै वैदेशिक रोजगारीमा जाने र दुःख पाउने महिलाको संख्या बढ्दै गएपछि रुपन्देहीमा त्यसलाई रोक्न अभियान चलेको छ । उक्त अभियानका क्रममा देवदह, बुटवल, तिलोत्तमा, सैनामैना, सियारी लगायतका स्थानीय तहमा भने घरदैलो नै गरिएको छ । वडास्तरमा सुचना डेस्क पनि राखिएको छ ।
अभियानका क्रममा पछिल्लो सात महिनामा विदेश जान चाहने ७ हजार ९ सय ३९ जनालाई वैदेशिक रोजगारीका चुनौतिबारे सिकाइएको छ । यसका लागि वैदेशिक रोजगारीमा गएर फर्केका महिलाहरु खटेका छन् । उनीहरुलाई आप्रवासी कानुन र वैदेशिक रोजगारको अधिकारका बारेमा प्रशिक्षण दिएको हो ।
अभियन्ताहरूले विदेश जान चाहने महिलालाई भेट्ने, कहाँ, किन जाने र कोसँग जाने पत्ता लगाउने गरेका छन् । यदि उनीहरू वैध तरिकाले जान लागेको हो भने जान सिफारिस गर्छन् ।
वैध तरिकाले वैदेशिक रोजगारमा जान चाहनेहरूमा चेतना जगाउनका लागि अभियन्ताहरूले कहिले सडक नाटक त कहिले छलफल चलाउने गरेका छन् । गाउँबाट कुनै युवती वैदेशिक रोजगारीमा जाँदै छन् भन्ने थाहा पाएपछि अभियन्ताहरूको एउटा समूह उक्त घरमा पुग्ने गरेको छ ।
उनीहरूले ती युवती र उनका अभिभावक तथा घरपरिवारका सदस्यहरुलाई विदेश जानुका कारण सोध्ने गर्छन् । कारण पत्ता लागेपछि कुन देशमा जाने, किन जाने र कसरी कोसँग भनेर सोधपुछ गर्ने गर्छन् । यदि दलाल मार्फत अवैधरुपमा जान लागेको भए रोक्ने प्रयास गर्दछन् ।
हामीले अवैध रूपमा विदेश जान लागेको थाहा पाए रोक्ने प्रयास गर्छौं,' बुटवल मोतीपुरकी अभियन्ता जानकी घिमिरेले भनिन्, 'यदि रोक्न सकिएन भने गाउँका अगुवाहरुलाई भनेर उनीहरुलाई सम्झाउने, दलाललाई पक्राउ गर्ने र सचेत पार्ने गरेका छौं ।’ उनका अनुसार ईलाका प्रशासन कार्यालयमा पासपोर्ट बनाउन आउनेका लागि समेत सुरक्षित वैदेशिक रोजगारीबारे सिकाउने गरिएको छ ।
अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा एबिसी नेपालले उक्त अभियान चलाएको हो । अभियान अन्तर्गत वैध तरिकाले जानेलाई पनि रोजगारीमा जाँदाका चुनौती र समस्याबारे सिकाउने र भरसक स्वदेशमै बस्न प्रेरित गर्ने गरिएको छ । महिलाहरुलाई वैदेशिक रोजगारीमा जानुपूर्व नै सम्भावित चुनौती र सम्भावनाबारे सिकाएपछि कतिपयले वैदेशिक रोजगारीको सपना त्यागेर स्वदेशमै श्रम गर्ने गरेका छन् ।
‘भरसक स्वदेशमै काम गरेर जीविको पार्जन गर, जानैपर्ने भएपनि विदेश जाँदा चाहिने न्यूनतम सीप र ज्ञान सिकेर मात्र जाऊ भनेर सिकाउँछौं,’ अर्की अभियन्ता ज्ञानीसरा रानाले भनिन् । यसो गर्दा लहलहैमा जान खोज्ने रोकिन थालेको रानाको भनाइ छ ।
रोजगारीमा गएर पनि दुख मात्र पाएर घर फर्कने महिलाहरू पुनः घरपरिवार र समाजबाट अपहेलनामा पर्ने गरेका उदाहरणहरू धेरै छन् । अभियन्ताहरूले विदेशबाट विचल्लीमा परेर आएकालाई घर समाजमा पुनःस्थापित गर्न पनि सहयोग गरेका छन् ।
रुपन्देहीका कति महिला खाडी मुलुकमा छन् ? यसको तथ्यांक कतै छैन । कम पढाइ भएपनि पुग्ने, धेरै रकम नलाग्ने घरयासी कामकाजका लागि सीप नचाहिने भन्दै कुनै सीप र प्रशिक्षणबिना नै रुपन्देहीका कतिपय महिलाहरु खाडी मुलुकमा रोजगारीका लागि जाने गरेका छन् । वैध तरिकाले जाँदा धेरै रकम खर्च हुने भन्दै खाडी मुलुकमा जाने धेरै महिला भारतीय बाटो हुँदै दलालमार्फत जाने गरेका छन् ।
विदेशको भाषा र संस्कृतिको बारेमा जानकारी नहुँदा महिला कामदारहरु हिंसामा पर्ने गरेको वैदेशिक रोजगारीबाट फर्केका महिलाहरुको अनुभव छ । उनीहरुका अनुसार मुस्लिम देशमा अनुहार देखाउन नपाउने, पुरुषसँग बोल्न नपाउने, आधुनिक प्रविधिका मेसिनहरूसँग काम गर्नुपर्ने जस्ता कुराहरूमा नेपाली महिलाहरू अभ्यस्त नभएको हुनाले बढी समस्या निम्तिने गरेको छ ।
अवैध तरिकाले विदेश जाने महिला जतिसुकै अन्यायमा परेपनि न्याय पाउन गाह्रो हुने भएकाले अन्यायलाई चुपचाप सहन बाध्य हुन्छन् । एबीसी नेपालका कार्यक्रम संयोजक मनोज लामिछानेले अन्जानमा विदेश जाँदा कुनै पनि महिला बेचबिखन, अवैध ओसारपसार वा श्रम बेच्न बाध्य नहुन् भनेर अभियान चलाएको बताए । अभियानले स्वदेशमै काम गर्नका लागि रोजगारदाता भेटाइदिने, परामर्श गर्ने काम समेत गरेको लामिछानेको भनाइ छ ।
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...