पुस १९, २०८०
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
चैत २५, २०७५
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन 'अनन्त'ले विद्युत् प्राधिकरणबाटै ३ वटा गाडी लिएको पाइएको छ । तीनमध्ये एउटा गाडी उनी स्वयं चढ्ने गरेका छन् भने दुईवटा गाडी सचिवालयको नाममा लिएका छन् ।
मन्त्री पुनले मन्त्रालयकै अर्को एक गाडी पनि चढ्छन् । यो सहित उनको प्रयोजनमा प्रयोग भइरहेका गाडीको संख्या चार पुग्छ ।
विद्युत् प्राधिकरणले उपलब्ध गराएको विवरणमा मन्त्री पुनले बा१३च ५७९३ नम्बरको प्राडो चढ्ने गरेको देखिन्छ । यस्तै ऊर्जा मन्त्रालयबाट प्राप्त विवरणमा बा२झ १३७७ नम्बरको गाडी माननीय मन्त्रीज्यूको प्रयोजनमा भनेर लेखिएको छ ।
विद्युत् प्राधिकरणबाट लिएका २ गाडी मन्त्री पुनको सचिवालयले प्रयोग गर्छ । बा१ञ २४५२ नम्बरको प्राडो र बा२०च ४१५ नम्बरको इलेक्ट्रिक कार मन्त्रीको सचिवालयले प्रयोग गर्ने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सचिवलाई पनि प्राधिकरणको गाडी
ऊर्जा सचिव दिनेश घिमिरेले पनि विद्युत् प्राधिकरणको गाडी चढ्ने गरेका छन् । उनले बा२०च १४ नम्बरको इलेक्ट्रिक कार चढ्ने गरेको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । मन्त्री, मन्त्रीको सचिवालय र सचिवले चढ्ने प्राधिकरणका सबै गाडी रातो प्लेटमा छन् ।
हेर्नुहोस्, विद्युत् प्राधिकरणबाट लिइएका गाडीको विवरण :
३० गाडी, ३ वटा बिग्रिए
मन्त्रालयमा ऊर्जातर्फ १६ र सिंचाइतर्फ १४ वटा गाडी रहेको देखिन्छ । त्यसमध्ये ३ वटा बिग्रिएर थन्किएको देखिन्छ । बा१झ ४७२५ नम्बरको प्राडो ग्यारेजमा मर्मतमा रहेको देखिन्छ भने बा१झ ६५०० नम्बरको जिप्सी गाडी मर्मत गर्नुपर्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । यस्तै बा१झ ८७४५ नम्बरको गाडी बिग्रिएर कामै नलाग्ने भएपछि लिलामीको प्रक्रियामा रहेको देखिन्छ ।
हेर्नुहोस्, गाडीको विवरण :
मोटरसाइकल र स्कूटर ३९ वटा
ऊर्जतर्फ २० र सिंचाइतर्फ १९ गरी ३९ वटा दुईपांग्रे सवारी साधन मन्त्रालयमा रहेको देखिन्छ । त्यसमध्ये ३ वटा बिग्रिएर थन्किएका छन् । इञ्जिनीयर, नासुदेखि हलुका सवारी चालकसम्मले दुईपांग्रे सवारी साधन प्रयोग गर्ने गरेका छन् ।
हेर्नुहोस्, मोटरसाइकल/स्कूटर प्रयोगकर्ताको विवरणः
सचिवलाई सय र सहसचिवलाई ७० लिटर इन्धन
मन्त्रालयबाट सचिवले मासिक सय र सह–सचिवले मासिक ७० लिटर इन्धन प्राप्त गर्ने गरेको देखिन्छ । पुलमा रहने सवारी साधनको हकमा डिजल मासिक सय लिटर र पेट्रोल ७५ लिटर उपलब्ध हुने गरेको देखिन्छ ।
दुईपांग्रे सवारीका प्रयोगकर्ताले भने मासिक १० लिटर पेट्रोल पाउने गरेका छन् ।
हेर्नुहोस्, विवरण:
पढ्नुहोस्, यस श्रृंखलाअन्तर्गत अघिल्ला भागहरू:
भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !
भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !
भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी
भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?
भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !
भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...