×

NMB BANK
NIC ASIA

राजनीतिक रस्साकस्सी

गुटमा चुर्लुम्म अनुशासन समिति : कसलाई कारवाही गर्ने, कसलाई जोगाउने ?

चैत २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गत चैत्र ४ गते बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसमिति सदस्य भीष्मराज आङ्देम्बेको नेतृत्वमा ५ सदस्यीय अनुशासन समिति गठन गर्‍यो ।

Sagarmatha Cement
Muktinath Bank

आङ्देम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसभित्र स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने, विभिन्न क्रियाकलापमार्फत उम्मेदवारलाई हराउन भूमिका खेल्ने र पार्टीमाथि अन्तर्घात गर्ने पार्टीका सदस्यलाई कारवाही गर्नुपर्ने भन्दै उठेको माग अनुसार कारवाहीको प्रक्रियामा जान अनुशासन समिति गठन गरिएको हो । 


Advertisment
Nabil box
Kumari

गठन भएको समिति केही दिनपछि नै ‘एक्सन’मा उत्रिएको छ । आइतवार साँझ बसेको अनुशासन समितिको बैठकले गत स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै नेपाली कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिहरूको नामावली सबै जिल्लाबाट ७ दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गर्‍यो । 

Vianet communication
Laxmi Bank

गत चैत्र १२ गते मंगलवार बसेको बैठकले पनि पार्टीको हितविपरीत गतिविधि गर्ने पार्टी सदस्यविरुद्ध चैत मसान्तभित्र उजुरी दिन आग्रह गरेको थियो । बैठकले चैत मसान्तभित्र आएका उजुरीमाथि मात्र छानबिन हुने निर्णय गर्‍यो ।

कांग्रेसका यसअघिका अनुशासन समितिहरूले पार्टीमाथि अन्तर्घात गर्नेहरूमाथि कारवाहीको कुरा उठाएपनि प्रभावकारी रूपमा कारवाहीको कदम चाल्न सकेका थिएनन् ।

समिति कति शक्तिशाली ?

नेपाली कांग्रेसको विधानको २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार गठन भएको अनुशासन समिति पार्टीभित्र आचारसंहिता लागू गर्न आवश्यक रहेको तर्क विधानमै गरिएको छ । तर गठन भएको समितिले पार्टीभित्र अन्तर्घात गर्नेहरूमाथि कारवाहीको सिफारिस सर्वसम्मत ढंगबाट मात्र गर्न सक्छ । पार्टीको केन्द्रीय समितिले अनुशासन समितिलाई कुनै पनि निर्णय सर्वसम्मतबाट मात्र गर्नु भनी दिएको निर्देशनले पार्टीभित्र आचारसंहिताको पालना गराउन सक्नेमा शंका रहेको कांग्रेसकै कतिपय नेताहरू बताउँछन् ।

यसअघि गठन भएको अनुशासन समितिका संयोजक रमेश रिजालले पदबाट राजीनामा दिएपछि समिति विघटन भएको थियो । त्यतिबेला अनुशासन समितिमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्र पाण्डे र हृदयराम थानी सदस्य थिए । पार्टीको आन्तरिक गुट उपगुटका कारण समिति प्रभावकारी देखिएन । संयोजक रिजालले राजनीतिक दबाबकै कारण राजीनामा दिएको खुलाइसकेका छन् ।

कसलाई कारवाही गर्ने र कसलाई कारवाही नगर्ने भन्नेमा नेपाली कांग्रेसका नेताहरू नै विभाजित देखिन्छन् । आङ्देम्बेको नेतृत्वमा अहिले बनेको समिति पनि गुटकै आधारमा बनेको हो । सर्वसम्मत भनिएपनि सभापति शेरबहादुर देउवा पक्षबाट ३ जना र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट २ जना समितिमा रहेका छन् । यही कारणले समितिले प्रभावकारी रूपमा काम गर्न सक्नेमा शंका देखिन्छ ।

देउवाविरुद्ध नै उजुरी !

समितिले पार्टीको हितविपरीत काम गर्ने सदस्यमाथि चैत मसान्तभित्र उजुरी दिन आग्रह गरेलगत्तै सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी पर्‍यो । देउवालाई पार्टीको हितविपरीत गतिविधि गरेर पार्टीको साख गिराएको आरोप लगाउँदै उजुरी परेको हो । गोर्खा जिल्लाका कांग्रेस महासमिति सदस्य समेत रहेका राजेन्द्र बजगाईंले देउवाविरुद्ध कारवाहीको माग गर्दै अनुशासन समितिमा उजुरी हाले ।

केन्द्रीय सभापति देउवाविरुद्ध नै अनुशासनको कारवाहीको माग भएपछि पार्टीभित्र खैलाबैला मच्चियो । तरुण दलले तत्काल विज्ञप्ति निकालेर देउवामाथि कारवाहीको माग गर्नेमाथि नै कारवाही गर्नुपर्ने बतायो ।

यस विषयमा अनुशासन समितिका सदस्यहरू चुपचाप छन् । पार्टीभित्र भागबण्डामा अनुशासन समितिको जिम्मेवारी पाएकाहरूले शीर्ष नेतृत्वलाई कारवाहीको सिफारिस गर्न नसक्ने कांग्रेसका एक केन्द्रीय समिति सदस्यले लोकान्तरलाई बताए । 

‘अनुशासन समितिले देशभरबाट उजुरी माग्यो, नेता कार्यकर्ताहरूले उजुरी हाले,’ उनले भने, ‘अब अनुशासन समितिले आफूसँग आएका उजुरीहरूमाथि स्वतन्त्र रूपमा छानबिन गर्ने कि नगर्ने ? चाहे सभापति होस्, चाहे पार्टीको सदस्य मात्र होस्, कांग्रेसको विधानले सबैलाई समान मानेको छ ।’

शीर्ष नेताहरू नै अन्तरघातीको सूचीमा 

यसअघि गठन भएको रमेश रिजाल नेतृत्वको समितिले पार्टीभित्र अन्तर्घात गर्नेहरूमा शीर्ष नेताहरू नै मुछिएपछि कारवाही गर्न नसक्ने स्थितिमा पुगेको थियो । कांग्रेसमा प्रतिनिधि सभामा वरिष्ठ नेता रामचन्द्र पौडललाई पराजय गराउन गोविन्दराज जोशीले भूमिका खेलेको, उपसभापति विमलेन्द्र निधिमाथि पनि पार्टीकै नेताहरूबाट अन्तरघात भएकै कारण पराजय भएको भन्नेजस्ता धेरै आरोप–प्रत्यारोप छ ।

हालसम्म १२ सयभन्दा बढी उजुरीहरू केन्द्रीय कार्यालयमा थन्किएर बसेको अवस्था छ । ती उजुरीहरू मध्ये एकचौथाइभन्दा बढी उजुरी शीर्ष नेतृत्वविरुद्ध रहेको स्रोत बताउँछ । तत्कालीन समितिका संयोजक रिजालले २०७५ सालको वैशाख अन्तिम साता सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएपछि ती उजुरीहरू कहिल्यै खुलेनन् ।

अनुशासन समिति छाड्ने बेलामा पार्टी केन्द्रीय सदस्यसमेत रहेका रिजालले आफूले सबै जिल्लाबाट आएका उजुरी र त्यसमाथिको अनुसन्धानको प्रगति विवरण फाइल बनाएर केन्द्रीय कार्यालयमा राखिदिएको बताएका थिए । शीर्ष नेतृत्व नै कारवाहीको भागिदार हुनुपर्ने भएपछि आफू कतिपय नेताको आँखाको कसिंगर हुने डरले रिजालले अनुशासन समिति छोडेका थिए । त्यतिबेला एकै वडाबाट दर्जनको हाराहारीमा पनि उजुरी परेका थिए ।

आङ्देम्बेको संयोजकत्वमा पुराना उजुरीको पोको खोल्ने कि नयाँ उजुरी लिने ?

निर्वाचनका बेलामा पार्टीभित्रै घात–अन्तर्घात नभएको भए कांग्रेसले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा केही बढी सिट हात पार्ने आंकलन गरिएको थियो । निर्वाचनपछि पार्टीले व्यहोरेको पराजयको समीक्षा पनि राम्रोसँग हुन सकेको छैन । यो अवस्थामा अनुशासन समितिको प्रभावकारिता उच्च तहमा देखिनुपर्ने हो तर देखिएको छैन ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा १२ सयभन्दा बढी उजुरीको चाङ लागेको अवस्था हुँदाहुँदै नयाँ उजुरी दिन नेता कार्यकर्ताहरूलाई चैत मसान्तसम्मको सीमा दिइनुमा नै षड्यन्त्र लुकेकोजस्तो देखिएको नेताहरू बताउँछन् ।

निर्वाचन भएर नयाँ सरकार बनेको पनि वर्षदिनभन्दा बढी भइसकेको छ । ‘यदि निर्वाचनमै भएका घात, अन्तर्घातका आरोपीमाथि कारवाही गर्ने हो भने पुराना उजुरीको पोका फुकाउनुको विकल्प छैन,’ एक केन्द्रीय सदस्यले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x