×

NMB BANK
NIC ASIA

बारा विपद

आँधीबेहरी पीडितलाई घरकै चिन्ता- केन्द्र, प्रदेश र स्थानीय निकायबीच समन्वयको अभाव

चैत २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम- बारा र पर्सा जिल्लामा आएको आँधीबेहरी पीडितलाई आफ्नो घरको सबैभन्दा ठूलो चिन्ता देखिएको छ । बारा जिल्लामा मात्रै करीब १ हजार पूर्ण रुपमा र १ हजार आंशिक रुपमा घर भत्किएपछि २ हजार घरका मानिसहरु घरबार विहीन बनेका छन् ।

Muktinath Bank

खुल्ला आकासमा जीवन जिउन बाध्य बनेका पीडितहरूले तत्काल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बनाइदिएको टेन्टमा बसीरहेको भएपनि उजाड भएका पीडितमा आफ्नै स्थायी घर कहिले पाउने भन्ने चिन्ता देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैभन्दा बढी प्रभावित भएको बारा जिल्लाको फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले भने, ‘तत्काल टेन्टमा पीडितलाई राहत वितरण गरिएको भए पनि आफ्नो घर कहिले बन्ने हो भन्ने कुराले नै सबै चिन्तित छन् । खानेकुराका लागि सबै स्तरबाट राहत वितरण गरिएको छ, बस्नका लागि अस्थाइ टेन्ट पनि बनेको छ, तर घर नहुँदा ठुलो समस्या देखिएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव आएर बर्षाभन्दा पहिले नै घर बनाइदिने आश्वासन दिनुभएको छ ।’


Advertisment
Nabil box
Kumari

'एकातर्फ संघीय सरकारले पनि नेपाली सेनामार्फत घर बनाइदिने भनेका छन् भने अर्कोतर्फ प्रदेश सरकारले पनि घर बनाइदिने आश्वासन दिएका छन्,' उनले भने, ‘हामी केही साता प्रतीक्षा गर्छौं, यदि संघीय सरकार वा प्रदेश सरकारले बनाउने छाँटकाँट देखाएन भने स्थानीय सरकारले नै घर बनाउनेछ ।'

Vianet communication
Laxmi Bank

फेटा गाउँपालिकाका अध्यक्ष प्रसादले आफ्नै गाउँपालिकाको बजेट र राहत तथा पुनःस्थापना कोषबाट आफ्नो गाउँपालिकाको प्रभावितका लागि घर बनाउन अगाडि बढ्ने बताए । फेटा गाउँपालिकाले स्थानीय तहमा पनि राहत तथा पुनर्स्थापना कोष स्थापना गरेको छ । ग्लोबल आईएमईको बैंकमा कोषको खाता नम्बर  ११०१०१०००६०१६ रहेको उनले बताए ।

त्यसै गरी महागढीमाई नगरपालिकाको वडा नम्बर ७ तेलगाइ टोलमा पनि प्रभावितहरुको ठूलो चिन्ता घरकै रहेको छ । उक्त नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार प्रभावितले वर्षात भन्दा पहिले घर बनोस भन्ने चाहना राखेका छन् ।

‘अब जति सक्दो चाँडो उनीहरुलाई घर बनाएर सरकारले हस्तान्तरण गरोस्,’ यादवले भने, ‘तत्काल टेन्टमा बसेपनि उनीहरुले बसोबासका लागि स्थायी समाधान नपाउँदा ठुलो समस्या भोग्न विवश छन् ।’ त्यहाँ १ सय ५० जति घर भत्किएको उनले बताए ।

के गर्दैछ प्रदेश सरकार?

प्रदेश सरकारले तत्काल राहत वितरणसँगै टेन्ट बनाउन ध्यान दिएको छ । अहिले १ हजार टेन्ट बनेको भए पनि थप १ हजार टेन्ट निर्माणको आवश्यकता रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए । ‘प्रभावितहरुको लागि अस्थायी शौचालय निर्माण भइरहेको छ,’ मन्त्री यादवले भने, ‘साथै ठाउँ-ठाउँमा खानेपानीका लागि चापाकल समेत गाडिदैछ ।’

प्रभावित क्षेत्रमा विद्युत आपूर्ति हुन अझै केही समय लाग्ने भएकाले स्थानीय तहले जेनेरेटरबाट बिजुली उपलब्ध गराएका छन् । तर, जेनेरेटरबाट सबैको टेन्टमा चीम पुग्न सकेको छैन । त्यसैले प्रदेश सरकारले वैकल्पिक उर्जाको कार्यालयबाट वैकल्पिक उर्जाले बल्ने चिम वितरण गरिरहेको मन्त्री यादवले बताए । ‘वैकल्पिक उर्जाको रुपमा सोलार जडान गरीदिन हामीले विभिन्न संघ-संस्थालाई आव्हान गरेका छौं,’ मन्त्री यादवले थपे, ‘प्रभावितहरुले आफ्नै खाना बनाउन सकुन भन्ने उद्देश्यले सुधारिएको चुल्हो समेत वितरण गर्ने काम थालिएको छ ।’

पूनर्वासका लागि कसले घर बनाउने भन्ने कुरा अहिले सम्म तय हुन सकेको छैन । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच त्यसका लागि समन्वय भएको देखिएको छैन । ‘प्रदेश सरकारले प्रभावितहरुको श्रमदान लिएर स्थानीय व्यक्तिहरूलाई नै परिचालन गरेर घर बनाउने सोचेको थियो,’ मन्त्री यादवले भने, ‘त्यसले गर्दा प्रभावितहरु पीडा भुल्न इन्गेज पनि हुन्थ्यो र रोजगारी पनि पाउँथे ।’

तर, संघीय सरकारले नेपाली सेनामार्फत घर बनाउने कुरा गरेकाले समस्या भएको उनले बताए ।  ‘हामी अहिले संघीय सरकारसँग कुनै द्वन्द्व चाहेका छैनौं,’ मन्त्री यादवले भने,’त्यसले पीडितहरू प्रभावित हुन जान्छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x