मंसिर १३, २०८०
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
काठमाडौं – हामी २०७५ सालको अन्त्यतिर छौं । केही दिनमा हामीले २०७६ साललाई स्वागत गर्दैछौं ।
बिट मार्नै लागेको २०७५ वर्षले चर्चित कलाकारसम्मलाई गुमायो ।
भीमबहादुर थापा
वरिष्ठ कलाकार भीमबहादुर थापाको जेठ २९ गते ९३ वर्षको उमेरमा काठमाडौं मैतीदेवीस्थित आफ्नै निवासमा निधन भयो ।
खोटाङको लामिडाँडामा जन्मिएका बृटिश सेनामा भर्ति भएर दोस्रो विश्वयुद्ध समेत लडेका थिए उनी । पछि उनी नेपाली सेनामा कार्यरत रहे ।
रेडियो नेपाल, नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेका थापाले सैनिक सेवामा हुँदा नै २०४१ सालमा ‘के घर के डेरा’ लगायतका चलचित्रमा अभिनय गरिसकेका थिए । उनी हाँस्य टेलिसिरियल ‘तीतो सत्य’मा काम गरेपछि थप चर्चित बनेका थिए ।
थापा कलाकार तथा निर्देशक दीपाश्री निरौलाका ‘धर्म बा’ थिए । दीपाश्रीसँग उनले सिरियल ‘देवी’देखि नै काम गरेका थिए । ‘तीतो सत्य’मा उनी दीपाश्रीको बुवाको भूमिकामा देखिन्थे ।
थापाले ५० बढी नेपाली चलचित्र, १ सय बढी टेलिसिरियल तथा १ दर्जन बढी नाटकमा अभिनय गरेका छन् । तर पछिल्लो केही वर्षयता मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट ग्रसित भएपछि चलचित्र अभिनयलाई कम गरेका थिए ।
हरिप्रसाद रिमाल
यस वर्ष चलचित्र क्षेत्रले गुमाएको अर्का मुर्धन्य व्यक्ति हुन् वरिष्ठ कलाकार, गायक तथा रेडियो नेपालका संस्थापक सदस्य हरिप्रसाद रिमाल । काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको भदौं १५ गते ९३ वर्षको उमेरमा आफ्नै निवास काठमाडौं वानेश्वर हाइटमा निधन भयो ।
उनी १४ वर्षको उमेरका बालकृष्ण समको नाटक ‘मुकुन्द इन्दिरा’बाट अभिनय यात्रा शुरू गरेका थिए । रिमालले मुनामदन, संयोग, क्रसमा टाँगिएको जिन्दगीजस्ता नाटकमा अभिनय र निर्देशन गरेर ख्याति कमाएका थिए । उनले चलचित्र क्षेत्रमा पनि ख्याति कमाएका थिए । उनले आमा, मनको बाँध, परिवर्तन, के घर के डेरा, सन्तान लगायतका चलचित्रमा अभिनय गरेका छन् ।
उनले ‘सपना’ नामक नेपाली चलचित्रको निर्देशन समेत गरेका छन् । रिमाल गायनमा पनि स्थापित नाम हो । रिमालका ‘फगत् एक नजरमा कसैले लियो मन’, ‘विना बादल असिना आउँदैन’ जस्ता गीत निकै चर्चित छन् । उनले रेडियो नेपालमा थुप्रै कार्यक्रम सञ्चालन गर्थे ।
रामकेशर बोगटी
रामकेशर बोगटीको असोज २३ गते ५८ वर्षको उमेरमा ललितपुरको टिकाथलीमा निधन भएको हो । आफ्नै घर नजिकै रुख काटेको हेर्ने क्रममा बिजुलीको पोलले लागेर उपचारको क्रममा बोगटीको निधन भएको थियो ।
सानैदेखि अभिनयप्रति रुचि राख्ने रामकेशर नाटक हुँदै चलचित्र क्षेत्रमा होमिएका थिए । दर्जनौं चलचित्रमा अभिनय गरेका रामकेशरले ‘स्वाभिमान’ र ‘माया गर ल’ नामक चलचित्रको निर्माण गरे । २ वर्षअघि उनी चलचित्र कलाकार संघको अध्यक्षमा विजयी बनेका थिए ।
गणेश न्यौपाने ‘मुनाल’
कलाकार गणेश न्यौपाने ‘मुनाल’को ६८ वर्षको उमेरमा माघ ७ गते निधन भएको हो । दमका रोगी मुनालको काठमाडौंको बौद्ध महांकालस्थित आफ्नै घरमा निधन भयो ।
मुनालले ‘बोल्ड भ्याइस’ र प्रखर अभिनय कलाका कारण चलचित्र क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका थिए । उनले थुप्रै रेडियो तथा स्टेज नाटक, ‘तीतो सत्य’ लगायतका दर्जनौं टेलिसिरियल तथा दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । नारी, दिदीभाइ, नौडाँडा पारी, प्रेमयुद्ध, मिस्टर डन, सेतो बाघ, लभ लभ लभ, घामपानी लगायतका चलचित्रमा अभिनय गरेका छन् । उनी पछिल्लो पटक माघमा प्रदर्शनमा आएको चलचित्र ‘गोपी’मा छोटो भूमिकामा देखिएका थिए ।
बीएस राणा
चलचित्र क्षेत्रका अग्रज कलाकार बीएस राणाको माघ १८ गते ७६ वर्षको उमेरमा निधन भयो । श्वासप्रश्वासमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका बीएसको उपचारका क्रममा निधन भएको हो । २०४१ सालमा ‘अन्याय’बाट चलचित्र क्षेत्रमा होमिएका राणाले १ सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
करोडपति, नेपालीबाबु, कोशेली, दक्षिणा, दुई थोपा आँशु, दासढुंगा, बसन्ती, दाग, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, हवल्दार सुन्तली, काफल पाक्यो, सेतो बाघ, दर्पण छायाँ २ लगायत उनी अभिनित चलचित्र हुन् । हलमा प्रदर्शनरत ‘लभ स्टेशन’मा पनि बीएस छोटो भूमिकामा देखिएका छन् ।
उनले दर्जनौं नाटकमा अभिनय गरेका छन् । जसमध्ये ‘मुक्ति’ उनी अभिनित चर्चित टेलिसिरियल हो । उनी मौलिक अभिनय गर्ने कलाकारका रुपमा लोकप्रिय थिए ।
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...