कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
चैत २७, २०७५
सुर्खेत- कर्णाली प्रदेश सरकारले २०७१ सालका बाढीपीडित परिवारका लागि प्रतिपरिवार ३ लाख दिने निर्णय गरेको छ ।
मंगलवार प्रदेश सरकारको ४० औं मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । उनका अनुसार कर्णाली प्रदेशका असिनापीडित किसानलाई राहत स्वरूप दुई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ ।
‘सरकार बाढीपीडित जनतालाई छानोमुनि ल्याउन लागि परेको छ,’ उनले भनिन्, ‘सुर्खेतका १०४५ बाढीपीडित तथा अन्य जिल्लाका बाढी पीडितलाई छानोमुनि ल्याउन सरकारले प्रतिपरिवार तीन लाख बजेट दिने निर्णय भएको छ । हामी जनताका समस्याप्रति संवेदनशील छौं ।’ मन्त्री केसीले स्थानीय तहसँग समन्वय गरेर जग्गा भएकाहरूलाई किस्तामा रकम दिने र नभएकाहरूको हकमा नमूना एकीकृत बस्तीको रुपमा विकास गरिने जानकारी दिइन् ।
‘अहिले हामीसँग भूमि छैन,’ उनले भनिन्, ‘भूमि नभए पनि बाढीपीडितका लागि जग्गा खरीद गरेर भएपनि आवास निर्माण गर्छौं । आजैदेखि आन्तरिक मामिला तथा कानूम मन्त्रालयले काम शुरू गरिसकेको छ । असारसम्म केही घर तयार हुन्छन् ।’
मन्त्री केसीले दैलेखलगायतका जिल्लामा असिनाले ठूलो क्षति पुगेको बताउँदै सरकारले अबको पन्ध्र दिन भित्र सबै लगत संकलन गर्ने र स्थानीय तहसँग समन्वय गरेर राहत बाँड्ने योजना रहेको बताइन् । ‘हामी कार्यविधि बनाएर जनताका समस्या समाधान गर्न प्रतिबद्ध छौं,’ उनले भनिन्, ‘यसका लागि स्थानीय तहमा क्रियाशील रहेका विपद् व्यवस्थापन समितिसँग समन्वय गर्ने गरी हाम्रो अघि बढेका छौं ।’
मन्त्री केसीले बाली तथा पशु बीमा प्राकृतिक विपत्तिको सामना गर्न सक्ने अचुक हतियार भएको बताइन् । ‘हामी हरेक वर्ष किसानलाई राहत दिन नसकौंला,’ उनले भनिन्, ‘यस्ता विपद्को दीर्घकालीन समस्या समाधान गर्न बीमा गराउन आवश्यक छ । अर्को वर्षबाट मन्त्रालय विभिन्न बीमाको बारेमा कार्यक्रम तयार गर्छ ।’
प्रदेश सरकारले वीरेन्द्रनगरमा गोदाम घर बनाउने निर्णय भएको उनले जानकारी दिइन् ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...