×

NMB BANK
NIC ASIA

फिल्मको वार्षिक समीक्षा

नेपाली चलचित्रको निराशाजनक वर्ष २०७५

चैत २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चालू वर्षको अन्त्यतिर फिल्म हलमा ‘लभ स्टेशन’ प्रदर्शनरत छ । 

Muktinath Bank

आउँदो शुक्रवार अर्थात् चैत २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’लाई छाड्ने हो भने यस वर्ष ९४ वटा चलचित्र प्रदर्शनमा आइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती २ चलचित्रलाई जोड्दा यस वर्ष प्रदर्शनमा आउने चलचित्रको संख्या ९६ पुग्छ । तर नाफामा जाने चलचित्रको संख्या हेर्ने हो भने निकै कम छ ।


Advertisment
Nabil box
Kumari

वर्षको शुरूवाती ४ महिना त हलमा दर्शकको खडेरी नै लाग्यो । त्यो खडेरी पाचौं महिना भदौंमा प्रदर्शनमा आएको चलचित्र ‘नाइँ नभन्नू ल ५’ले केही उकास्ने काम गर्‍यो ।

Vianet communication
Laxmi Bank

हल सञ्चालक, चलचित्रकर्मी, दर्शकमा यो चलचित्रले एकखालको उत्साह थप्ने काम गर्‍यो । अन्नतः चलचित्रले लगानी सुरक्षित गर्दै निर्मातालाई केही नाफा दिलायो । 

असोजमा प्रदर्शनमा आएको ‘छक्का पञ्जा ३’ त १६ करोड रुपैयाँ बढीको व्यापार (निर्माताको जानकारी अनुसार) गर्दै सफल सावित भयो ।

असोजमै प्रदर्शनमा आएको अर्को चलचित्र ‘जय भोले’लाई पनि दर्शकले साथ दिए । चलचित्रले पनि लगानी सुरक्षित गर्दै निर्मातालाई केही नाफा हात लाग्यो । 

शुरूवाती महिनामा निराशा रहेको चलचित्रको व्यापारलाई मध्यतिर प्रदर्शनमा आएका चलचित्रले आशा जगाउने काम गरे । तर त्यसपछिका महिना फेरि उही – हलमा दर्शकको खडेरी । त्यसपछिको बाँकी महिना कुनै पनि चलचित्र नाफामा जान सकेनन् । 

वर्षभर ३ चलचित्रले नाफा कमाउँदा केही चलचित्रले औसत व्यापार गर्दै लगानीसम्म सुरक्षित गरे । बोबी, रामकहानी, इन्टू मिन्टू लण्डनमा, चंगा चेट, प्रसाद, क्याप्टेनले लगानी सुरक्षित गरेको बताइन्छ । प्रदर्शनरत चलचित्र ‘लभ स्टेशन’को शुरूवाती व्यापारलाई हेर्दा लगानीसम्म सुरक्षित गर्ने निर्माण टीमको आशा छ । यी बाहेक अरुको अवस्था बिजोक रह्यो । 

केही चलचित्रले डिजिटल प्लेटफर्म र विदेशबाट जेनतेन लगानी उठाएपनि हलमा दर्शक गएरै लगानी नउठाएसम्म चलचित्रलाई सफल मानिँदैन । यसरी हेर्दा ८५ बढी नेपाली चलचित्रले निर्मातालाई घाटा दिलाए ।

चालू वर्ष आशा गरेका चलचित्र समेत चलेनन् । स्टार मानिएका कलाकारको सहभागिता रहेका चलचित्रले समेत अपेक्षित व्यापार गर्न सकेनन् । दर्शकले अपेक्षा गरेका केही चलचित्रको कथा नै रुचाएनन् । चलचित्रमा लगानी करोडौं गर्ने तर कन्टेन्टमा ध्यान नदिने पुरानै प्रवृत्ति देखियो । 

चलचित्र क्षेत्रबारे नबुझेका व्यक्तिलाई ‘मुर्गा’ बनाएर आफू निर्देशक, हिरो बन्ने परिपाटी पनि केही मात्रामा देखियो । डुबेपछि निर्माता–निर्देशक आफ्नो चलचित्रले यति कमायो, उति कमायो भनेर झूटा चर्चा समेत गरेको पाइयो ।

यस वर्ष पनि समीक्षक र चलचित्रकर्मीबाट तारिफ पाएका चलचित्रले नै गतिलो व्यापार गर्न सकेनन् । जसमा हरि, बुलबुल, साइँली लगायतलाई लिन सकिन्छ । यी चलचित्रलाई समीक्षकले राम्रो प्रतिक्रिया दिएका थिए । 

२०७५ सालको मध्यतिर हलमा चहलपहल देखिएपनि अधिकांश महिना हलमा दर्शकको खडेरी देखियो । यत्तिसम्म कि दर्शक हराएको भन्ने चर्चा नै चल्यो । यसरी हेर्दा नेपाली चलचित्रका लागि २०७५ साल दुःखद मात्र होइन, अति दुःखद रह्यो ।

यसपालि चलचित्र किन चलेनन् ? हलमा दर्शकको किन खडेरी लाग्यो ? सम्बन्धित क्षेत्रका सबै गम्भीर हुनु आवश्यक देखिन्छ, किनकि आउँदा वर्ष चलचित्रमा गरिएको लगानी वालुवामा पानी सरह नहोस् । कामना गरौं – वर्ष २०७६ चलचित्रका लागि उत्सवको वर्ष बनोस् !

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x