×

NMB BANK
NIC ASIA

परेला कम झिम्क्याउनुहुन्छ भने खतरनाक रोगको संकेत

चैत २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — आँखा विशेषज्ञका अनुसार, सामान्यतया एक मानिसले एक मिनेटमा १० चोटि परेला झिम्क्याउँछ । तर तपाईं यसभन्दा बढी वा कमपटक परेला झिम्क्याउनुहुन्छ भने सचेत हुन जरूरी छ । 

Muktinath Bank

कम्प्युटरमा लामो समयसम्म काम गर्ने मानिस वा टीभी र मोबाइल धेर हेर्ने मानिस परेला कम झिम्क्याउँछन् । परेला कम झिम्क्याउनु आँखाका लागि खतरनाक हुन्छ र रोग निम्त्याउँछ । आँखा सुक्खा हुने समस्या यसले निम्त्याउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वस्थ आँखाका नानी जहिले पनि गिलो देखिन्छन् । आँखाको नानीमा विशेष किसिमको तरल हुन्छ जसले लुब्रिकेन्टको काम गर्छ । परेला झिम्क्याउँदा त्यो लुब्रिकेन्ट नानीमा मज्जाले फैलिन्छ र त्यसलाई गिलो राखिरहन्छ । तर परेला
कम झिम्क्याइयो भने लुब्रिकेन्ट सही तरिकाले आँखामा फैलिँदैन । अनि आँखा सुक्खा हुन्छ । 


Advertisment
Nabil box
Kumari

आँखा सुक्खा हुनु निकै हानिकारक हुन्छ । यसले गर्दा आँखामा आँसु कम बन्छ र तिनको दृष्टि पनि घट्छ । आँसुले आँखाको कोर्निया र कन्जक्टाइभालाई गिलो राखेर सुक्खा हुन दिँदैनथियो । 

Vianet communication
Laxmi Bank

हाम्रो आँखामा एउटा टीयर फिल्म हुन्छ जसको सबभन्दा बाहिरी पत्रलाई लिपिड वा ओइली लेयर भनिन्छ । यही लिपिड लेयर आँसु धेर बगाउन, गर्मीमा वा धेरै हावा चल्दा आँसु सुक्न वा उड्न कम गर्छ । 

लिपिडले नै परेलामा चिल्लोपना दिन्छ जसले गर्दा परेला झिम्क्याउन सजिलो हुन्छ । 

लामो समयसम्म कम्प्युटरमा काम गर्दा वा धेर टीभी हेर्दा वा निरन्तर एयर कन्डिसनमा बस्दा आँखाको टीयर फिल्म प्रभावित हुन्छ र आँखा सुक्न थाल्छ । त्यसलाई ड्राई आई सिन्ड्रोम भनिन्छ । 

ड्राई आई सिन्ड्रोम हुँदा आँखा पोल्छ, घोचेको जस्तो हुन्छ, चिलाउँछ, भारी रहन्छ र आँखा रातो हुन्छ ।

यसलाई बेवास्ता गरेमा दृष्टि नै गुम्न सक्छ । त्यसैले बारम्बार आँखा झिम्क्याउने गर्नुपर्छ ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x