×

NMB BANK
NIC ASIA

काठमाडौं – २०७५ साल नेपालका लागि सुन तस्करीको ठूला काण्डको बर्ष बन्यो ।

Sagarmatha Cement
Muktinath Bank

साढे ३३ किलो, २३ किलो, १० किलो, ४ किलो, २ किलो र अन्य स–साना परिणाममा प्रहरीले सुन ओसारपसार गर्ने व्यक्ति लगायत तस्करलाई प्रहरीले समायो । सर्वसाधारणले सुनलाई तोल र तालको मात्रामा खरिदबिक्री गर्ने गरेपनि तस्करहरूले किलोमा सुन तस्करी गरिरहेको खुलासा हुँदा देशभर तरङ्ग नै फैलियो र सुन तस्करी राजनीतिक मुद्दा समेत बन्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षमा नेपालमा ७२ किलो ५ सय २५ ग्राम ५५ तोला सुनसहित नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) ले एयरपोर्ट लगायत विभिन्न ठाउँबाट तस्करलाई समाएको थियो ।


Advertisment
Nabil box
Kumari

प्रहरीभन्दा तस्कर चलाख !

Vianet communication
Laxmi Bank

सुन चीनबाट नेपालको बाटो हुँदै भारततर्फ तस्करी हुने गर्छ । पहिले केरुङ नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै धेरैजसो सुनको तस्करी हुने गरेको थियो भने अहिले तस्करहरूले अन्य नाका प्रयोग गरी सुन तस्करी गर्न थालेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए ।

‘पहिले–पहिले धेरैजसो सुन केरुङ नाका र एयरपोर्ट हुँदै भित्रिने गरेको थियो । आजभोलि यसको तरिका नै परिवर्तन गरेका छन् तस्करले । तिब्बतका विभिन्न नाका हुँदा नेपालका दुर्गम क्षेत्र र प्रहरीको आँखा नजाने नाकाबाट सुन तस्कर हुने गर्दछ,’ उनले भने ।

प्रहरीले जतिसुकै सक्रियता बढाएको भनेपनि विमानस्थलबाट जोखिम मोलेर सुन ओसारपसार गर्ने क्रम रोकिएको छैन । दुबई लगायत खाडी मुलुकबाट रोजगारी गरेर आउने श्रमिकलाई तस्करले प्रयोग गरिरहेका छन् । थोरै–थोरै गरेर धेरै जनालाई सुन बोकाएर तस्करले नेपालमा सुन भित्र्याउने गरेको विमानस्थलमा कार्यरत एक प्रहरी अधिकारीले नाम नखुलाउने शर्तमा बताए । ‘१–२ किलो सुन हातमै समाएर ल्याउँछन् । एयरपोर्टमा भएका कर्मचारीसँग पहिले नै सेटिङ हुन्छ, त्यहाँसम्म पुर्याएवापत केही रकम श्रमिकले पाउने गरेका छन्,’ ती अधिकारीले भने ।

‘पहिले एयरपोर्टका ठूला–ठूला कर्मचारीको मिलेमतोमा सुन भित्र्याउने गरिन्थ्यो । तर आजभोलि एयरपोर्टमा सरसफाइ गर्ने, फाइल बोक्ने साना कर्मचारीलाई सुन तस्करीमा संलग्न गराउने गरेको प्रहरीको अनुसन्धाले बताउँछ । तर समाउन भने धेरै गाह्रो छ, प्रमाण नै पुग्दैन,’ ती प्रहरी अधिकारी बताउँछन् ।

प्रहरीको आँखा छल्न नेपालमा चीनको सीमादेखि भारतको सीमासम्म कलिलै उमेरका स्कूले विद्यार्थीलाई समेत सजिलो तरिकाले पैसा कमाउने लोभ देखाउँदै प्रयोग गर्ने गरिएको छ ।

किन तस्करी हुन्छ नेपालबाट सुन ?

बहुचर्चित र ठूलो मात्रामा सुन तस्करीका घटना सार्वजनिक भइरहँदा सुन तस्करीको भित्रि स्वार्थ आमरुपमा सार्वजनिक हुन सकेको छैन । तर सुन तस्करीमा भारतीय स्वार्थ रहेको सुरक्षा अधिकारीहरू विश्लेषण गर्छन् । 

‘भारतमा ठूलो मात्रामा कालोधन (नगद) छ । कालोधनलाई भण्डारण गरेर धेरै समयसम्म राख्न सकिँदैन र असुरक्षित हुन्छ । तर सुनलाई भने लामो समयसम्म भण्डारण गरेर राख्न सकिन्छ,’ एक सुरक्षा अधिकारीले भारतीय स्वार्थको विश्लेषण गर्दै भने, ‘पछिल्लो समय भारतमा नोटबन्दीपछि झन् सुनको माग बढेको देखिन्छ ।’ भारतजस्तै नेपालमा पनि कालोधनलाई सुनमा लगानी गरिएको हुनसक्ने ती अधिकारीले बताए ।

अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको थकाली रेस्टुरेन्टको पार्किङबाट ५ किलो ८ सय १४ ग्राम सुनसहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । त्यो घटनाले विमानस्थलको सुन तस्करीमा भारतीय तस्करको संलग्नता र स्वार्थ देखाएको प्रहरी स्रोतको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x