×

NMB BANK
NIC ASIA

सरकारी अस्पतालमा लागेको ताला हेरेपछि बिरामीको गुनासो- गरीबले मर्नुको विकल्प रहेन !

चैत २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – कोशी अञ्चल अस्पतालको ओपीडी सेवा चार दिनदेखि बन्द हुँदा अस्पतालमा पुगेका बिरामीलाई सास्ती भएको छ । उपचार गर्न आएका बिरामी अस्पतालमा लगाएको ताल्चा हेदै फर्किन बाध्य छन् ।

Muktinath Bank

सरकारी सेवा सुविधामा गुणस्तरीय स्वास्थ्य सेवा लिने आशामा अस्पताल आइपुग्ने बिरामी पछिल्लो चार दिनदेखि उपचार नै नपाएर फर्कनुपर्ने बाध्यतामा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोशी अञ्चल अस्पतालको ओपीडी सेवामा पुगेका बिरामीहरू डाक्टरलाई भेट्नै नपाई फर्कने गरेका छन् । सोमबारदेखि ठप्प रहेको अस्पतालको ओपीडी सेवाको मुख्य प्रवेशद्वार बाहिर नै ताला लगाइएको छ ।


Advertisment
Nabil box
Kumari

बिहीवार विराटनगर- १३ का वीरेन्द्र मण्डल आफ्नी श्रीमतीलाई उपचार गराउन कोशी अञ्चल अस्पताल पुगेका थिए, तर उपचार नै नगराई फर्कनु पर्‍यो ।

Vianet communication
Laxmi Bank

श्रीमतीको मुटुमा पानी जमेका कारण चाँडो उपचार गराउनु पर्ने अवस्था रहेको उनी बताउँछन् । ‘अब त अस्पतालमा पनि ताला लगाउन थालेछन्, हामीजस्ता गरीबलाई बिरामी परेर अस्पतालमा आउँदा मर्नुको विकल्प रहेन,’ मण्डलले गुनासो पोखे ।

सुनसरीको चिमडीबाट आएकी अस्मिता चौधरी पनि अस्पतालको मूलगेटमा लगाइएको तालाका कारण उपचार नै नपाई फर्कनु पर्‍यो ।

सरकारले अस्पतालजस्तो संवेदनशील ठाउँमा राजनीति नगर्न भनेपनि अस्पतालका डाक्टरहरू नै समायोजनको विरोधमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन् ।

सरकारी चिकित्सक संघ (गाेदान) को अगुवाइमा उनीहरू सरकारले गरेको कर्मचारी समायोजनको विरोधमा आन्दोलनमा उत्रिएका हुन् । कोशी अञ्चल अस्पतालमा विगत चार दिनदेखि ओपीडी सेवा ठप्प छ ।

बिरामीको सेवाभन्दा स्वार्थमा केन्द्रित रहेका सरकारी डाक्टरका कारण दैनिक उक्त अस्पतालमा आइपुग्ने एक हजारभन्दा बढी बिरामी मर्कामा परेका छन् ।

डाक्टर रञ्जु देव केन्द्रको निर्णयअनुसार नै आन्दोलन गरिएको बताउँछिन् । बिरामीलाई सास्ती दिन रहर नभएको उनको भनाइ छ ।

सरकारले आफुहरूको माग नसुन्दा यो अवस्था आएको जिकिर डा. देवले गरिन् ।

अस्पताललाई घाटा

कोशी अञ्चल अस्पताका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोशन पोखरेल बिरामीलाई ओपीडीको बाहिरै बसेर भए पनि उपचार सेवा दिएको दाबी गर्छन् ।

आन्दोलनका कारण अस्पतालले दैनिक २ लाख ५० हजार रुपैयाँ घाटा व्योहोर्दै आएको उनले बताए ।

एकातिर बिरामीले सास्ती खेपिरहेका छन् भने अर्कोतिर अस्पतालले घाटा व्योहोर्नुपरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x