आठौं राष्ट्रिय खेलकुदमा लन टेनिस जारी, एपीएफलाई थप १ स्वर्ण

चैत ३०, २०७५

बुटवल – रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जारी लन टेनिस खेलमा मिश्रित डबल्सतर्फ एपीएफका आईभर लिसानोविभ र अश्लेवा लिसोनोबीच दिदीभाइको जोडीले स्वर्ण जितेका छन् ।
शनिवार भएको फाइनल खेलमा अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सुपर ट्राइबेकरमा जित निकालेका हुन् ।

विष्ट र खनालको जोडीले खेलमा पहिलो सेटमा जित निकाल्दै अग्रता लिएको थियो । तर खेलमा फर्कंदै एपीएफका आईभर लिसानोविभ र अश्लेवा लिसोनो बीचको जोडीले लगातार २ सेटमा जित निकाल्दै खेल आफ्नो कब्जामा गरेको हो ।


ADVERTISEMENT

खेलमा उपविजेता नेपाल आर्मीका अभिलाषा विष्ट र प्रनव खनालको जोडी रजत पदकमा चित्त बुझाएका छन । प्रदेश नम्बर ४ का अनिल साही र गंगा शर्माको जोडी तथा नेपाली आर्मीका अभिनव आचार्य र ईरा एम रावतको जोडी तेस्रो हुँदै कास्य पदक पाएका छन् । शनिवार नै भएको मेन्स डबल्सतर्फको पहिलो सेमीफाइनलमा प्रदेश ४ का प्रदिप खड्का र नविन मगरको जोडीले प्रदेश ४ का धर्म लामिछाने र अनिल साईको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।

दोस्रो सेमिफाइनलमा एपीएफका आइभर लिसानोबीच र जितेन्द्र परियारको जोडीले एपीएफकै छेवाङ लामा र सन्तोष खत्रीको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै फाइनलमा भीडन्त पक्का गरेका हुन् ।

महिला डबल्सतर्फ एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानो बीचको जोडीले अभिलाषा विष्ट र ईरा रावतको जोडीलाई ६–४, ६–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । दोस्रो सेमिफाइनलमा प्रेरणा कोइराला र एनि माथेमाको जोडीले श्रीया भट्टराई र रोमिता बुद्धाचार्यको जोडीलाई ६–०, ६–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

चैत ३०, २०७५ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस