वृद्ध भत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

फाइल फोटो
बैशाख १, २०७६

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले यसैवर्ष वृद्धभत्ता बढाउने घोषणा गरेका छन् । 

आइतवार ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको बजेटमा वृद्ध भत्ता बढाउने घोषणा गरेका हुन् । 


ADVERTISEMENT

उनले भने, 'यस वर्षको बजेटमा वृद्धभत्ता बढ्छ । यो गोप्य राख्ने कुरै होइन ।' 

कार्यक्रममा उनले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सरकारले साकार पार्ने बताए । 

बैशाख १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस