आफ्नो प्रेमीसँग भागेकी विवाहिता महिलालाई दिइयो अनौठो सजाय (भिडियो)

बैशाख १, २०७६

काठमाडौं – भारतको मध्य प्रदेशको झाबुवामा गाउँलेहरूले गरेको निर्णय विवादास्पद बनेको छ । 

प्रेमीसँग भागेको आरोपमा एक विवाहित महिलालाई गाउँलेहरूले आफ्ना पतिलाई काँधमा हालेर घुमाउने आदेश दिए । उनले पतिलाई काँधमा बोक्ने क्रममा गाउँका केही युवा र वृद्धहरू पीडित महिला वरिपरि नाचे र सेल्फी पनि लिए । 


ADVERTISEMENT

घटनाको भिडियो भाइरल भएपछि प्रहरीले तुरुन्तै कारावही गरेर दुई आरोपितलाई पक्राउग गरेको छ । 

विवाहिता महिला छिमेकी गाउँका एक युवकसँग प्रेम गरेर पतिलाई छोडी उसैसँग भागेका कारण गाउँलेहरूले उनलाई अमानवीय सजाय दिएका हुन् । 

भाइरल भएको भिडियोमा स्पष्टै देखिन्छ, महिला आफ्नो काँधमा पतिलाई बोकेर हिँडिरहेकी छन् र वरिपरि दर्जनौं गाउँले उनीमाथि व्यंग्य कस्दैछन् । केही मानिस नाचिरहेका छन् भने केही चाहिँ यो दृश्यलाई क्यामराले खिचिरहेका छन् । 

झाबुवाका एसपी विनीत जैनले भने, ‘भिडियोको जानकारी पाउनेबित्तिकै हामीले तत्काल कारवाही ग–यौं । सबै आरोपितविरुद्ध हामीले केस दर्ता गरेका छौं । आरोपितहरूको पहिचान भइसकेको छ । दुईजना पक्राउ पजि परिसकेका छन् । अहिले हामी महिलाको बयान लिइरहेका छौं ।’

एजेन्सी
 

बैशाख १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस