यसकारण आलियाले ‘इन्शाअल्लाह’मा मानिन् सलमानको जोडी बन्न

बैशाख १, २०७६

काठमाडौं – सञ्जय लीला भन्सालीले सलमान खान र आलिया भट्टलाई राखेर आगामी फिल्म इन्शाअल्लाहको घोषणा गर्दा प्रशंसकहरू निकै उत्साहित बनेका थिए । 

सलमान र आलिया पहिलोपटक फिल्ममा सँगै देखिने भएर प्रशंसकहरू उत्साहित बनेका हुन् । 


ADVERTISEMENT

हालै एक अन्तर्वार्तामा आलियाले आफ्नो र सलमानको असामान्य जोडीको बारेमा कुरा गरिन् । यसरी कास्टिङ गराउनुको एक कारण रहेको उनको भनाइ थियो । 

उनले भनिन्, ‘भन्सालीसँग एउटा भिजन छ । मानिसहरू छिट्टै आलोचना गर्न थाल्छन् तर यो कास्टिङको एउटा कारण छ । म सलमानसँग काम गर्न रोमाञ्चित छु । सलमान दयालु छन् र यो प्रोजेक्ट रमाइलो हुनेछ । हाम्रो जादूयी जोडी छ र म फिल्मको पार्ट बन्न पाउँदा धन्य छु ।’

आलिया आजकल यसै हप्ता रिलिज हुने फिल्म कलंकको प्रमोसनमा व्यस्त छिन् । निर्देशक अभिषेक वर्मनको यस फिल्ममा वरुण धवन, सोनाक्षी सिन्हा, आदित्य रोय कपूर, माधुरी दीक्षित र सञ्जय दत्त जस्ता कलाकार पनि हुनेछन् । 

एजेन्सी

बैशाख १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस