अनौठो विवाह : एक दुलाहा, दुई दुलही, उनीहरूका बच्चाबच्ची जन्ती

बैशाख १, २०७६

काठमाडौं – भारतको गुजरातमा पहिलोपटक एक दुलाहाले दुईवटा दुलहीसँग विवाह गर्ने भएका छन् । 

यो अनौठो बिहे पालघरमा अर्को हप्ता सोमवार हुनेछ । 


ADVERTISEMENT

बिहेअघि नै उनीहरूका तीन बच्चाबच्ची छन् । 

एउटी दुलही वापीस्थित कम्पनीमा काम गर्छिन् भने अर्की गृहिणी हुन् । 

बिहेको निमन्त्रणा कार्डमा दुई दुलहीको नाम देखेर मानिस छक्क परेका छन् । 

दुलाहाको नाम सञ्जय धागडा हो । उनी अनाथ हुन् र रिक्सा चलाउँछन् । सञ्जयले १० वर्षअघि बेबीलाई भेटे । दुवैले एकअर्कालाई प्रेम गर्न थाले र बिहे नगरिकनै बस्न थाले । 

सन् २०११ मा सञ्जयले वापीस्थित एक कम्पनीमा जागिर खाने अनि स्कूलमा बनेकी साथी रीनासँग प्रेम गर्न थाले । रीना उमरगाममा बस्छिन् । 

बेबी र रीना दुवैबाट सञ्जयका तीन बच्चा छन् । बच्चाहरू ठूलो भएपछि तीनैले विवाहको निर्णय गरे । 

सुतारपाड नामक स्थानमा यो अनौठो बिहे हुन लागेको छ । 

बच्चाहरूलाई नाजायज भनी अरूले गिल्ला नगरून् भनी आफूले बिहा गर्न लागेको सञ्जयले बताए । 

दुवै महिलाले आफूहरू विवाह गर्न पाएर खुशी भएको बताए । प्रहरीका अनुसार, आदिवासी क्षेत्रहरूमा यस्ता बिहे सामान्य कुरा हो । एक पुरुषले दुई महिलासँग बिहे गर्ने चलन नै छ । अनि बच्चा पाएपछि बिहे गर्ने पनि नौलो कुरा हैन ।

एजेन्सी

बैशाख १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस