×

NMB BANK
NIC ASIA

सेलेब्रिटीको नयाँ वर्ष योजना– रंगशालामा धुर्मुस, आफूलाई निखार्ने धुनमा वर्षा र आँचल

बैशाख १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –विक्रम सम्वत्‌को नेपाली पात्रो आजबाट फेरिएको छ । बिहानको सूर्योदयसँगै हामीले नयाँ वर्ष २०७६ लाई स्वागत गरिसकेका छौं ।

Sagarmatha Cement
Muktinath Bank

यही सन्दर्भमा हामीले केही कलाकारलाई २०७५ साल कस्तो रह्यो र नयाँ वर्षका योजना के छन् भन्ने विषयमा प्रश्न गरेका छौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरसँगको कुराकानीमा कलाकारको प्रतिक्रिया उनीहरूकै शब्दमा ।


Advertisment
Nabil box
Kumari

रंगशाला निर्माणमा खटिनेछु : सीताराम कट्टेल, कलाकार/सामाजिक अभियन्ता

Vianet communication
Laxmi Bank

पछिल्लो केही वर्षयता नयाँ वर्ष, चाडबाड भन्दा पनि सामाजिक काममा बढी व्यस्तता छ । २०७५ सालमा पनि सामाजिक काममा सक्रिय रहेँ । आजबाट नयाँ वर्ष शुरू भएको छ । 

मेरो नयाँ वर्षमा त्यस्तो केही योजना छैन । चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम शुरू भएको छ ।

आज पनि म रंगशालाकै काममा व्यस्त छु । देश/विदेशमा रहेका नेपालीबाट स्वैच्छिक सहयोग जुटिरहेको छ । वर्षभरि नै मेरो व्यस्तता रंगशाला निर्माणमै हुनेछ ।

चलचित्रमा समय दिन्छु : करिश्मा मानन्धर, अभिनेत्री

नयाँ वर्षको पहिलो दिन बिहानै मन्दिर गएर भगवनाको दर्शन गरे । नयाँ वर्षको पहिलो दिन घरमै बसेर परिवारका साथ मनाइरहेकी छु । 

२०७५ साललाई फर्केर हेर्दा मेरा लागि उपलब्धिमूलक नै रह्यो भन्छु, किनभने केही वर्षदेखि स्कूल जीवनमा थिएँ । एसईईको तयारीमा रहँदा पढाइमा व्यस्त भएँ । स्कूलमै बढी समय बित्यो ।

चलचित्र, कार्यक्रमहरूमा समय दिन भ्याएकी थिइनँ । त्यो प्रक्रियाबाट अहिले बाहिर निस्किएकी छु । फ्री भएकी छु । अब अफर आउँदा चलचित्रमा काम गर्न सक्छु । कार्यक्रमहरूमा सहभागी हुन सक्छु ।

यस वर्षका लागि त्यस्तो विशेष योजना त धेरै बनाएकी छु । तर पहिला रिजल्टको प्रतिक्षामा छु । 

नयाँ चलचित्र ल्याउनेछु : नारायण रायमाझी, गायक तथा निर्देशक

नयाँ वर्षको अवसरमा अहिले कार्यक्रमको सिलसिलामा बुटवलमा छु ।

वर्ष २०७५ लाई फर्केर हेर्दा मेरा लागि राम्रै रह्यो । गीतसंगीतका सिर्जना, स्टेज कार्यक्रमहरूमा देश विदेशमा व्यस्त रहेँ । 

२०७६ मा पनि गीत संगीतमा थप राम्रो गर्दै जाने योजनामा छु । त्यसबाहेक यसवर्ष दर्शकहरूलाई नयाँ चलचित्र उपहार दिनेछु ।

हुन त २०७५ सालदेखि नै चलचित्रको काममा लागिपरेको छु । अहिले कथा, गीत संगीतको काम भइरहेको चलचित्रलाई यस वर्ष दर्शकसामु ल्याउनेछु । 

मैले गरेका काम राम्रो होस् : आँचल शर्मा, नायिका

अहिले म नेपालगञ्ज छु । मेरो नयाँ चलचित्र ‘दाल भात तरकारी’को प्रमोसन यात्रा चलिरहेको छ । फ्यानहरूसँग भेट्ने, प्रस्तुती दिने गरेर नयाँ वर्षको पहिलो दिन मनाउँदैछु । विगतको वर्षलाई फर्केर हेर्दा मेरो लागि सुःखद् नै रह्यो । 

नयाँ वर्ष २०७६ पनि सुःखद् होस् कामना गर्छु । नयाँ वर्षको संकल्प त त्यस्तो केही छैन । 

मेरो पहिलो प्राथमिकता काम हो । यसवर्ष मैले गरेका काम राम्रो होस् । म सक्दो राम्रो गर्ने कोशिश गर्नेछु । राम्रो काम गरेपछि खुसी त्यहीँबाट मिल्छ । 

कामलाई नै पहिलो प्राथमिकतामा राख्नेछु : वर्षा शिवाकोटी, नायिका

नयाँ वर्ष साथीभाइ परिवारसँग सामान्य रूपमा मनाउनेछु । अहिले मेरो आउँदै गरेको चलचित्र ‘वीर विक्रम २’ को प्रमोसनका क्रममा साँखुमा छु । 

२०७५ साल मेरा लागि फलदायी नै रह्यो । बितेका वर्षमा गरेका गल्ती, कमजोरीलाई सच्याउँदै २०७६ साललाई थप फलदायी बनाउने काम गर्नेछु ।

कामलाई कसरी राम्रो बनाउने भन्ने सोच्नेछु । 

यसवर्ष घर बनाउने योजना बुनेको छु : खुमन अधिकारी, गायक

नयाँ वर्षको पहिलो दिन आज कार्यक्रमको सिलसिलामा नुवाकोट आइपुगेको छु । समग्रमा २०७५ साल मेरा लागि एकदमै राम्रो रह्यो । वर्षभरि नै व्यस्त भइरहेँ ।

धेरै राष्ट्रिय म्युजिक अवार्ड पनि जित्न सफल भएँ । कार्यक्रमको सिलसिलामा नपुगेका देशहरूमा पुगेँ । राम्रा–राम्रा गीत ल्याउने अवसर पाएँ । दर्शक, श्रोताहरूको माया पाएँ ।

२०७६ सालमा पनि गीत संगीतको क्षेत्रमा अझ राम्रो काम गर्न सकूँ । यसवर्ष केही नयाँ काम गर्ने उद्देश्य लिएको छु ।

राम्रो गीत ल्याएर गीतलाई करोड क्लब (युट्युबमा करोड भ्यूज) मा पुर्‍याउने लक्ष्य छ । २०७६ सालभित्र घर बनाउने योजना पनि बुनेको छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x