×

NMB BANK
NIC ASIA

सबै नेपालीलाई बैंक खाता अभियान : वित्तीय पहुँचको आधार

बैशाख १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- आज विक्रम संवत् २०७६ को पहिलो दिन । आम नेपाली नयाँ वर्षको स्वागतमा रमाइरहेका छन् । चैत–वैशाख, वसन्त ऋतु अर्थात् बोटबिरुवामा समेत नयाँ कोपिला लाग्ने मौसम । 

Muktinath Bank

यही अवसरमा सरकारले पनि आजैदेखि नयाँ अभियान शुरू गरेको छ । सरकारले नयाँ वर्ष पहिलो दिन नै देशैभर ‘खोलौं बैंक खाता’ अभियान शुरू गरेको हो । ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान शुरू गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले चालू आर्थिक वर्षको बजेटमा नै सबै नेपाली नागरिकको बैंक खाता खोल्ने अभियान नै चलाउने कार्यक्रम समावेश गरेको छ । सोही कार्यक्रमलाई सफल बनाउने लक्ष्यका साथ आजदेखि सबै नेपालीको बैंक खाता खोल्ने अभियान शुरू भएको हो । वित्तीय रुपमा नेपाली नागरिकलाई सबल, सक्षम एवम् जागरुक बनाउने र सबै आर्थिक कारोवार बैंक खातामार्फत गर्ने गरी अभियान शुरु गरिएको हो । 


Advertisment
Nabil box
Kumari

 प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय साक्षरतालाई जोड दिँदै सबै नेपाली यस अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । प्रधानमन्त्रीको शब्दमा ‘पहिले पहिले थैलीका दिन थिए । अब चेकका दिन आए ।’ यस्तै अर्थमन्त्री डा खतिवडाले पनि सबै नेपालीको बैंक खाताले वित्तीय पुहँच स्थापित हुने बताउनुभयो । सबै नेपालीलाई सरल रुपमा वित्तीय पहुँच कायम गर्ने लक्ष्यका साथ २८ वटै ‘क’ वर्गका वाणिज्य बैंकले बैंक खाता खोल्ने गरी व्यवस्था मिलाइएको छ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकले सबै नेपालीलाई बैंक खाता खोल्नका लागि सहजीकरण गर्नेछ ।  सरकारको आग्रहअनुसार नै बैंकले नयाँ खाता खोल्नेलाई रु एक सय सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराउनेछ । 

Vianet communication
Laxmi Bank

सो अभियानअन्तर्गत बैंक खाता खोल्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । बरु बैंकले नै त्यस्ता खातावालालाई रु एक सय उपलब्ध गराउनेछ । शहरी क्षेत्रमा विशेषगरी रोजगारी तथा अध्ययन, व्यापार–व्यवसायमा संलग्नले अनिवार्य रुपमा बैंक खाता खोलेका छन् । एकै व्यक्तिको पनि दुईभन्दा बढी बैंक खाता छन् । तथ्याङ्क विभागका अनुसार हाल नेपालीको जनसङ्ख्या करीब दुई करोड ९० लाख छ । 

नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थामा दुई करोड ६८ लाख खाता खुलेका छन् । यस आधारमा हेर्दा कूल जनसङ्ख्याको थोरैको मात्र बैंक खाता नभएको जस्तो देखिन्छ । तर यर्थाथ भने फरक छ । एकै व्यक्तिका धेरै बैंक खाता छन् ।  ग्रामीण तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा बैंक खाता खोल्नुपर्छ भन्ने चेतनासमेत पुगेको छैन । 

बैंक खाता खोल्न रहेको झन्झटिलो प्रक्रियालाई केन्द्रीय बैंकले सहजीकरण गरेको छ । राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीका अनुसार बैंक खाता खोल्नका लागि सहजीकरण गर्ने गरी बैंक तथा वित्तीय संस्थालाई थप सहजीकरण गर्दै नयाँ कार्यक्रम शुरु गरिएको छ । 

निजी क्षेत्रका वाणिज्य बैंकहरुले पनि बैंक खाता खोल्ने सरकारको अभियानमा साथ दिने गरी आवश्यक प्रक्रिया अगाडि बढाएका छन् । एनआईसीएशिया बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, एनसिसी बैंकले विभिन्न नाम दिएर खाता खोल्ने अभियान यसअघि नै शुरू गरिसकेका थिए । 

नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार वित्तीय रूपमा सबै नेपाली नागरिकलाई जागरुक बनाउँदै बैंकिङ प्रणालीमा ल्याउन बैंक खाता अभियान महत्वपूर्ण कार्यक्रम हो । सो कार्यक्रममा २८ वटै वाणिज्य बैंक सहभागी छन् । खाता खोल्नका लागि सरल र सहज प्रक्रिया मिलाइएको ढुङ्गानाको भनाइ छ । 

एनआईसीएशियाले त सोही अभियानसँगै ‘एक नेपाली एक डिम्याट खाता’ कार्यक्रमअगाडि बढाएको छ । सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सबै नेपालीलाई जलविद्युत् आयोजनाको शेयर उपलब्ध गराउने निर्णय गरेकाले हितग्राही खाता जरुरी रहेको छ । 

नयाँ खाताका लागि नागरिकताको प्रमाणपत्र, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र,  राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये आफूसँग जुन उपलब्ध छ, त्यही लिएर बैंकका शाखामा जानुपर्नेछ । यस्तै स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिस वा पहिचानपत्रबाट पनि सजिलै बैंक खाता खोल्न सकिनेछ । 

अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७१७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । चालू आवको अन्त्यसम्म सकेसम्म सबै स्थानीय तहमा बैंकका शाखा पुर्‍याउने सरकारको तयारी छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७५ को माघसम्म कूल ७११ स्थानीय तहमा बैंकका शाखा पुगेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x