छिमेकीलाई लाठी प्रहार गरेर घाइते बनाउने पक्राउ

बैशाख १, २०७६
मकवानपुर-छिमेकीलाई लाठी प्रहार गरेको अभियोगमा मनहरी गाउँपालिका-६ बस्ने ३१ वर्षीय वीरबहादुर मोक्तानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनले सोही स्थान बस्ने ३० वर्षीय अम्बरबहादुर लोप्चनलाई लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि भरतपुर अस्पताल चितवन लगिएको छ । 

ADVERTISEMENT

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
बैशाख १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस