×

NMB BANK
NIC ASIA

पटकपटकको ध्यानाकर्षणपछि बल्ल खुल्यो सिंहदरबारमा शाखा

बैशाख १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

–रमेश लम्साल 

Sagarmatha Cement
Muktinath Bank

काठमाडौँ–मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबार र राष्ट्रिय वाणिज्य बैंकको प्रधान कार्यालयबीचको दूरी केही सय मिटर मात्रै छ । विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले सिंहदरबार शाखाका रुपमा पद्ममोदय मोडबाट सेवा दिने गरेको थियो । तर सिंहदबारभित्रै सरकारी स्वामित्वको बैंकको शाखा खोल्न लामो समय पर्खनुप¥यो । सङ्घीय संसद्मा पटकपटक सिंहदरबारभित्र किन सरकारी स्वामित्वको बैंकका शाखा  खोलिएन भन्दै सरकारको ध्यानाकर्षण गराउनुप¥यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले सरकारी स्वामित्वका बैंकका शाखा सिंहदबारभित्र नखोलिनुका कारण माग गर्दै अर्थमन्त्री डा युवराज खतिवडाको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद भीमबहादुर रावलले पछिल्लो पटक २०७५ फागुन २९ गते प्रनिधिसभाको बैठकमा नेपाली बैंकलाई भित्र जाने अनुमति नदिइनुका कारण के हो ? भन्दै प्रश्न गर्नुभएको थियो । 


Advertisment
Nabil box
Kumari

यस्तै सांसद विन्दा पाण्डेले पनि सङ्घीय संसद्बाट प्राप्त हुने सेवा सुविधा विदेशी बैंकको सट्टा स्वदेशी बैंकबाट भुक्तानी गर्ने व्यवस्था गर्न माग गर्नुभएको थियो । सांसद रेखा शर्मा र प्रेम सुवालले अर्थतन्त्रको मुख्य मानिने बैंकमा विदेशी संलग्नताले सबै सूचना विदेशीको कब्जामा जाने खतरा रहेको औँल्याउँदै तत्काल सरकारी स्वामित्वको बैंकको शाखा खोल्न माग गर्नुभएको थियो । 

Vianet communication
Laxmi Bank

संसद्को अर्थ समितिको बैठकमा समेत सांसदले पटकपटक सो विषयलाई उठाएका थिए । तर निर्णय हुन भने लामो समय लागेको थियो । विसं २०६२÷६३ को जनआन्दोलनको सफलतालगत्तै निजी क्षेत्रको एभरेष्ट बैंकले सिंहदबारमा शाखा खोली सेवा दिन थालेको थियो । 

सांसदले प्रमुख प्रशासनिक केन्द्रमा विदेशी साझेदारी भएको बैंकको शाखा खोल्न किन दिइएको र सरकारी स्वामित्वको बैंकलाई सरकारको प्रमुख निकायमा किन बेवास्था गरेको भन्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले गत फागुन २९ गते भन्नुभएको थियो– सरकारले सिंहदरबारभित्र सरकारी बैंकको शाखा खेल्न अनुमति दिइसकेको छ । राष्ट्रिय वाणिज्य बैंकले प्रक्रिया अगाडि बढाइसकेको छ ।
 
नेपाली बैंकलाई अनुमति नदिने नीति नरहेको पनि उहाँको भनाइ थियो । भौतिक संरचना व्यवस्थापन र सबैलाई सुलभ हुने ठाउँमा एटिएम राख्नका प्रयास भइरहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो । गरे के हुँदो रहेनछ भने जस्तै भएको छ, सङ्घीय संसद्मा अर्थमन्त्री डा खतिवडाले जवाफ दिएको एक महीनापछि आज सिंहदबार परिसरमा रहेको ‘सर्भिस सेन्टरमा’ २१८औँ शाखाका रुपमा वाणिज्य बैंकले शाखा विस्तार गरेको छ । 

नयाँ वर्षको पहिलो दिनदेखि नै वाणिज्य बैंकको शाखा खोलिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले आज बैंकको शाखा उद्घाटन गर्नुभयो । सचिव गुरुङले भन्नुभयो, “ठूलो मेहनतपछि सिंहदरबार परिसरमा वाणिज्य बैंकको शाखा स्थापना भएको छ । सिंहदरबारभित्र कसरी गुणस्तरीय र प्रभावकारी सेवा दिने भन्ने चुनौती र अवसर दुईवटै छ । त्यसलाई बैंकले आफ्नो क्षमता प्रदर्शन गरेर अब्बल सावित हुने मैले विश्वास लिएको छु ।”

बैंकको अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेपछि नै सचिव गुरुङलाई पनि वाणिज्य बैंकको शाखा किन यहाँ नखोल्ने भन्ने लागेको रहेछ । सचिव गुरुङले उद्घाटन समारोहमा भन्नुभयो, “मलाई पनि बैंकका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका सदस्यले पनि पटकपटक ध्यानाकर्षण गराउनुभएको थियो । आज त्यो अपेक्षा र चाहना पूरा भएको छ । हामी सबैका लागि यो खुशीको दिन हो ।” सरकारले आजदेखि शुरु गरेको सबै नेपालीका लागि बैंक खाता अभियानमा समेत वाणिज्य बैंकले नै नेतृत्व गरेको छ । आज मात्रै राष्ट्रियसभागृहमा मात्रै ७५० नयाँ खाता खोलिएको छ । 

सचिव गुरुङले सेवाग्राहीलाई सरल र सहजरुपमा स्मार्ट बंैकिङ सेवा दिनसमेत आग्रह गर्नुभयो । “केही समय पहिलेसम्म बैंकमा जनशक्ति छैन, सिंहदरबारभित्र सेवा दिन पाइएन भन्ने गुनासो हुन्थ्यो, अब ती गुनासो हल भएका छन् । अब वाणिज्य बैंक खरो प्रतिस्पर्धामा उत्रनु पर्छ”, अध्यक्ष गुरुङले भन्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सिंहदबारभित्र २१८औँ शाखाका रुपमा सञ्चालनमा ल्याउन पाउँदा गौरवान्वित भएको बताउनुभयो । मुलुकभरका ७७ वटै जिल्लामा पुग्ने र रु एक खर्ब ७७ अर्ब निक्षेप भएको पहिलो बैंकका रुपमा वाणिज्य बैंक स्थापित भएको उहाँको भनाइ थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x