६ मन्त्रालयमा सचिवमात्रै २ जना, दुई मन्त्रालय भने सचिवविहीन

बैशाख २, २०७६

काठमाडौं– ६ मन्त्रालयमा सचिवमात्रै दुई जना रहेका छन् । तर, २ वटा मन्त्रालय सचिवविहीन भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अभिलेखअनुसार यो कार्यालयमा पनि १ सचिवको पद रिक्त छ । 

अभिलेखअनुसार अर्थ, उद्योग वाणिज्य तथा आफूर्ति, कृषि तथा पशुपक्षी विकास, उर्जा जलस्रोत तथा सिंचाइ, शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २ जना सचिव छन् । कामको बोझका कारण मन्त्रालयमा दुई सचिव राखिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ । 


ADVERTISEMENT

आजको नेपाल समाचारपत्र दैनिक लेख्छ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका मन्त्रालयमा भने  सचिवविहीन बनेको छ । 

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस