ओलीका बाबु र सासूले खाता खोलेर सुरु गरियो सबै नेपालीको बैंक खाता

बैशाख २, २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका बाबु मोहनप्रसाद ओली र सासू धनमाया शाक्यले सरकारले नयाँ वर्षदेखि सुरु गरेको ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ योजना बैंक खाता खोलेर सुरु गरेका छन् ।

प्रधानमन्त्रीका बाबु र सासूले यस योजनाअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर सुरु गरेका हुन् । आइतबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रमबीच प्रधानमन्त्री ओलीले बाबु मोहनप्रसादलाई चेक बुकलगायतका कागजपत्र हस्तान्तरण गरे ।


ADVERTISEMENT

यस योजनाअन्तर्गत खाता खोल्दा नेपाल राष्ट्र बैंकले सय रुपैयाँ थपिदिन्छ । तर, यो शून्य मौज्दातको हुने र यसमा वार्षिक लाख रुपैयाँसम्मको कारोबार गर्न मिल्नेछ ।

सरकारले सबै नेपालीको बैंक खाता खोल्न सुरु गरेपछि खाता खोल्नेको संख्या तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ । कृषि विकास बैंक, बैंक अफ काठमाडौं, सेन्चुरी, सिटिजन्स, सिभिल, एभरेस्ट, ग्लोबल आईएमई, हिमालयन, जनता, कुमारी, लक्ष्मी, माछापुच्छ्रे र मेगा बैंकका शाखामा निःशुल्क खाता खोल्न सकिन्छ । यसैगरी, नबिल, एनसीसी, नेपाल बंगलादेश, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट, नेपाल एसबीआई, एनआईसी एसिया, एनएमबी, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र सनराइज बैंकका कुनै पनि शाखाबाट खाता खोल्न सकिनेछ । राजधानी दैनिकमा खबर छापिएको छ । 

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस