१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी, यसरी गरे दुरुपयोग

बैशाख २, २०७६

काठमाडौं–सर्वोच्च अदालतका १४ पूर्वप्रधानन्यायाधीशले नियमविपरीत सरकारी गाडी सुविधा प्रयोग गर्दै आएका छन् । 

आजको नयााँ पत्रिका दैनिक लेख्छ–सुरेन्द्रप्रसाद सिंहदेखि ओमप्रकाश मिश्रसम्मले सरकारी गाडीमा निजी नम्बर प्लेट नै राखेर प्रयोग गरेका हुन् । १ चैत ०७४ मा अवकाश पाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले एक करोड २९ लाख ६० हजार मूल्य पर्ने टोयोटा फच्र्युनर फिर्ता गरेका छैनन् । पराजुलीपछि प्रधानन्यायाधीश बनेका ओमप्रकाश मिश्रले अवकाश हुनुभन्दा केही समयअघि मात्रै खरिद गरेको टाटा स्ट्रोम लगेका छन् । 


ADVERTISEMENT

यस्तै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ले पनि गाडी दुरुपयोग गरेको पत्रिकाले समाचारमा उल्लेख गरेको छ । 

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस