चुनाव प्रचारमा खटिएका भारतीय कलाकारको हृदयघातका कारण मृत्यु

बैशाख २, २०७६

भारतीय जनता पार्टी (भाजपा) को रामनाथपुरम लोकसभा सिटबाट उम्मेद्वार बनेका नयनार नागेन्द्रनका लागि चुनाव प्रचारप्रसारमा खटिएका भारतीय कलाकार जेके रितेशको हृदयघातका कारण मृत्यु भएको छ । 
  ४६ वर्षका रितेशलाई हृदयघातलगत्तै अस्पताल पुर्याइएपनि चिकित्सकले बचाउन सकेनन् । 

रितेश १५ औं लोकसभामा डिएमके पार्टीका सांसद पनि थिए । जेके रितेशलाई अन्तिमपटक फिल्म एलकेजीमा देखिएको थियो । उनको परिवारमा उनकी श्रीमती जोथीश्वरी र तीन सन्तान छन् ।


ADVERTISEMENT

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार