फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
बुटवल – प्रदेश नम्बर ५ मा प्रदेशसभा तेस्रो अधिवेशन जारी छ । पहिलो अधिवेशनमा २२, दोस्रोमा २८ र तेस्रो अधिवेशनको हालसम्म २७ वटा बैठक बसिसकेका छन् ।
प्रदेश सभाका ७७ वटा बैठकले २५ भन्दा बढी विधेयक पारित पनि गरिसकेको छ । प्रदेशसभा गठन भएको झण्डै १५ महिनासम्म १ जना सांसद चुपचाप छिन् ।
संसद सचिवालयको सूचना अनुसार संसदमा १ पटक पनि चुइँक्क नबोल्ने सांसद हुन नेकपाकी चिन्तावती कुर्मी (बर्मा) ।
जनप्रतिनिधिले संसदमा जनताका कुरा उठाउँछन् । जनताका समस्या उठाउनु र नीति निर्माणबारे बोल्नु जनप्रतिनिधिको पहिलो कर्तव्य भएपनि नेकपा सांसद कुर्मीले संसदमा चुपचाप छिन् । प्रदेशमा गएको वर्ष माघ २१ गतेबाट शुुरू भएको थियो ।
नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूहरूले सबै सांसदलाई संसदमा बोल्न आग्रह गर्दै आएको बताए । ‘संसदमा शून्य समयको व्यवस्था गरेका छौं,’ प्रमुख समेत ढकालले भने, ‘अब उहाँ पनि बोल्नुहुन्छ । हामीले आग्रह पनि गरेका छौं । उहाँलाई भाषाको पनि समस्या भएर नबोल्नु भएको हो ।’
कुर्मी प्रदेश मामिला तथा कानून समितिमा पनि छन् । प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माले समितिका कुनै पनि बैठकमा कुर्मी नबोलेको बताइन् ।
‘हामीले पटक–पटक बोल्नुपर्छ भन्छौं,’ उनले भनिन्, ‘धेरै माननीयहरूले संसदमा आएर आफ्नो क्षमता विकास गर्नुभएको छ । यहाँ राजनीति भन्दा विशुद्ध बाहिरको व्यक्ति रहेछ । उहाँले आफूलाई परिवर्तन गर्न म गाह्रो देख्छु ।’ कुुर्मी समितिको कुुनै पनि बैठकमा पनि १ शब्द पनि बोलेकी छैनन् ।
कुर्मी बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपा सांसद हुन् । प्रदेश सभामा ८७ सांसदमध्ये ३० जना महिला सांसद छन् । शर्माले भनिन्, ‘कम्तीमा केही ग्रामीण स्तरबाट आएकाहरूले प्रयास गरेर आफूूलाई सुुधार गरेका छन् । तर उहाँ बोल्नुुभएको छैन । प्रोत्साहन गर्दा पनि उहाँको कुुनै प्रतिक्रिया आएका छैन । उहाँको ठाउँमा अर्को कोही त्यही समुुदायको व्यक्तिलाई ल्याएको भएपनि हुुने ।’
प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका तारा जिसी, संघीय समाजबादी फोरमकी सुुमन रायमाझी, राष्ट्रिय जनता पार्टीका कल्पना पाण्डेले पनि संसदमा अनुुभव संगाल्दै बोल्न सिक्दै छन् ।
कुुर्मीका स्वकीय सचिव सानुु बर्माले भाषाको कारणले बोल्न समस्या भएको बताइन् । ‘उहाँलाई नेपाली भाषा आउँदैन । सिक्दै हुुनुुहुन्छ । मैले आफूूले बोल्ने अवधि भाषामा भएपनि बोल्न भनेकी छुु । अबका बैठकहरूमा उहाँ बोल्नुुहुुन्छ ।’
बाँके जिल्लाको डडुुवा गाउँपालिका–२ की कुुर्मी तत्कालीन एमालेबाट समानुुपातिक उम्मेदवार हुुन् । प्रदेशसभा झण्डै ९० प्रतिशत नयाँ अनुुहार छन् ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...