नयाँ वर्षमा ‘यात्रा’ हेर्न दर्शकको भीड, हलमा देखियो सलिन र सलोनको क्रेज

बैशाख २, २०७६

काठमाडौं- लामो समयदेखि सुस्ताएको चलचित्र बजार अहिले केही गर्माएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा : अ म्युजिकल भ्लग’ले हलमा उल्लेख्य दर्शक तानिरहेका छन् । 

यसैबिच सेलिब्रिटीहरुबाट सकारात्मक प्रतिक्रिया पाएको चलचित्र ‘यात्रा’लाई दर्शकले पनि रुचाएका छन् । 


ADVERTISEMENT

नयाँ वर्षको अवसर पारी आईतबार चलचित्र युनिट विभिन्न हलहरुमा पुगेको थियो । जहाँ दर्शकहरुको बाक्लो भीड देखियो । अभिनेता सलिनमान वनिया, सलोन बस्नेत, अभिनेत्री मलिका महत लगायत हलमा आउने जानकारी पाएपछि दर्शकको उल्लेख्य भीड लागेको थियो । चलचित्र निर्माण यूनिट आईतबार राजधानीका गोपिकृष्ण मुभिज चावहिल, अष्टनारायण पिक्चर्स वालाजु लगायतका हलमा पुगेको थियो । कलाकारहरुलाई प्रत्येक्ष देख्न पाउँदा दर्शकहरु उत्साहित देखिन्थे । कलाकारहरुले दर्शकसँग प्रतिक्रिया लिँदै शुभकामना आदानप्रदान गरेका थिए । 

दर्शकको प्रतिक्रियाले उत्साह मिलेको सलिनले बताए । यता दर्शकको प्रतिक्रियाले सलोन बस्नेत, डेब्यु अभिनेत्री मलिका महत उत्साहित देखिए । 

सलिन, सलोन, मलिकासंगै रेअर राई, प्रेक्षा बज्राचार्य, जाहन्वी बस्नेत, निर्देशक सम्राट शाक्य, निर्माता सुशील पोखरेल, कार्यकारी निर्माता सर्जुमान लिगल, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ र वितरक गोपालकाजी कायस्थ लगायतले हल पुगेर दर्शकको प्रतिक्रिया बुझेका थिए ।  वितरक गोपालकाजी कायस्थले सलिनको क्रेज हलमा देखिएको बताए । 

चलचित्रले मनोरञ्जनसंगै सामाजिक सन्देश पनि दिएकोले दर्शकले रुचाएका छन् ।

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस