एनआईसी एशियामा ‘समृद्ध नेपाल सुखी नेपाली’ बचत खाता सञ्चालन

बैशाख २, २०७६

काठमाडौं – उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाई समाजमा योगदान पुर्याउँदै आइरहेकोमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धसँग जोडौनाताः सबै नेपालीको बैंक खाता’ भन्ने नारासहित ‘खोलौं बैंक खाता अभियान २०७६’ अभियानमा एकाकार गर्दै बैंकले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ सञ्चालन गरेको छ ।

२०७६ वैशाख १ गतेदेखि लागू हुने बचत खाता खोल्ने प्राकृतिक व्यक्तिलाई बैंकले १०० रुपैयाँ नगद खातामा जम्मा गरिदिने  छ । 


ADVERTISEMENT

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालय, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १५ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकमा प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस