एनआईसी एशिया क्यापिटलद्वारा 'एक नेपाली, एक डिम्याट खाता' अभियान सञ्चालन

बैशाख २, २०७६

काठमाडौं- एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा नयाँ वर्ष २०७६ मा 'एक नेपाली, एक डिम्याट खाता' अभियानको थालनी गर्ने भएको छ । 

व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै वर्ष २०७६ मा 'एक नेपाली, एक डिम्याट खाता' अभियानको थालनी गरेको हो ।


ADVERTISEMENT

एनआईसी एशिया क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुच बढाउन देशव्यापी रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरी 'एक नेपाली, एक डिम्याट खाता' अभियान सञ्चलान गर्नेछ । 

एनआईसी एशिया क्यापिटल लिमिटेडले सोही अभियानलाई थप टेवा पुर्‍याउन मिति २०७६ असार मसान्तसम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरिएकोे छ । सो अभियानले विशेषतः महिला, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरूलाई लगानीका नयाँ अवसरबाट फाइदा लिन सघाउ पुर्‍याउने बैंकले विश्वास लिएको छ ।

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस