भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

बैशाख २, २०७६

सोलुखुम्बु – माप्यदूधकोशी गाउँपालिका–४ मा भरुवा बन्दुक पड्किँदा १ युवकको ज्यान गएको छ ।

काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले आइतवार साँझ बन्दुकमा गोली भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेकाले उपचारका लागि फाप्लुु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।


ADVERTISEMENT

उनको शव परीक्षणका लागि फाप्लु जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । 

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार