×

NMB BANK
NIC ASIA

विश्वकप क्रिकेटको एसिया छनौटमा नेपालले मलेसियालाई हरायो

बैशाख २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मलेसियामा जारी आईसीसी १९ वर्षमुनि (यू–१९) एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगिताअन्तर्गत सोमवार भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ ।

Muktinath Bank

मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्दै विजयी भएको हो । ३ खेल खेलेको नेपालको यो दोस्रो जीत हो । नेपालले ३ खेलबाट ४ अंक जोडेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग १ रनले पराजित भएको थियो ।


Advertisment
Nabil box
Kumari

टस हारेर पहिले ब्याटिङ गरेका मलेसियाले नेपाललाई ९३ रनको विजय लक्ष्य दिएको थियो । जवाफमा नेपालले १३ ओभरमा मात्र २ विकेट गुमाउँदै भेटायो । 

Vianet communication
Laxmi Bank

नेपालको जीतमा शुरूवाती ब्याट्स म्यान रित गौतमले सर्वाधिक ३९ रन बनाए । ४५ बल खेलेका उनले ५ चौका प्रहार गर्दै ३९ रनमा अविजित रहेका हुन् । आसिफ शेखले २६ तथा पवन सर्राफले १९ तथा कप्तान रोहित पौडेल ६ रनमा अविजित रहे । 

बलिङतर्फ मलेसियाका साफिक स्याकिर र सुक्री मादेलीले १–१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३३ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटिएको थियो ।

मलेसियाका लागि लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।

नेपालका पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए भने कमलसिंह ऐरीले २ विकेट झारे । अब नेपालले आफ्नो चौथो खेल मंगलवार ओमानसँग खेल्ने छ । छनोट प्रतियोगिताको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा प्रवेश गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x