स्मार्टफोनले नकारात्मक भावनामा वृद्धि गर्ने अध्ययनको निष्कर्ष

बैशाख २, २०७६

काठमाडौं – स्मार्टफोनको प्रयोग हाम्रो जीवनशैलीको अभिन्न अंग बनिसकेको छ । 

एक अनुसन्धानका अनुसार, स्मार्टफोनको प्रयोगले नकारात्मक भावनामा वृद्धि गराउँछ । अनि यसले लक्ष्यबाट ध्यान पनि हटाउँछ । 


ADVERTISEMENT

समय बिताउनका लागि स्मार्टफोन धेर प्रयोग गर्दा अनेकौं किसिमका नकारात्मकता आउँछन् । 

कम्प्युटर्स इन ह्युमन बिहेवियर नामक पत्रिकामा प्रकाशित अध्ययन निष्कर्षमा अस्ट्रेलियाको डीकिन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले बानीका रूपमा र मनोरञ्जनका लागि स्मार्टफोन उपयोग गर्ने मानिसको जीवनमा सन्तुष्टिको कमी हुने देखिएको छ । 

अध्ययनमा ५०० भन्दा बढी विद्यार्थीलाई सहभागी गरिएको थियो । उनीहरूको व्यवहार हेर्दा स्मार्टफोनको अति उपयोगले नकारात्मक भावना, नियन्त्रणमा कमी र सामाजिक दबाब झेल्ने क्षमतामा नकारात्मक प्रभाव पर्छ । 

प्रमुख अनुसन्धानकर्ता श्यारोन हारवूडले बताए, ‘हाम्रो जीवनमा अहिले समाचार र मनोरञ्जन सामग्री आइरहन्छन् । ती सामग्री सकारात्मक भएनन् भने स्मार्टफोन प्रयोगकर्ताको प्राविधिक थकानमा वृद्धि आउँछ । 

तर स्मार्टफोनको प्रयोग आफैंमा पूर्णतया खराब नभएको पनि अध्ययनले देखाएको श्यारोनको भनाइ छ । यसको अतिप्रयोग मात्र हानिकारक हुने उनको दाबी छ ।

एजेन्सी
 

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस