प्रियंका र दिलीपको ‘पशुपतिमा सुनैको गजुर’ रिलिज [भिडियोसहित]

बैशाख २, २०७६

काठमाडौं– नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता दिलीप रायमाझीले पहिलो पटक एकसाथ अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 

यी दुईले पहिलोपटक ‘पशुपतिमा सुनैको गजुर’ बोलको गीतको भिडियोमा अभिनय गरेका हुन् । 


ADVERTISEMENT

दुर्गा खनाल घिमिरेको शब्द, वसन्त सापकोटाको संगीत रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ । 

भिडियोलाई भोजपुरी फिल्ममा एक्सन निर्देशनबाट नाम कमाएका चन्द्र पन्तले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी छ । भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस