चीनले बनाउँदैछ संसारकै सबभन्दा ठूलो एयरपोर्ट टर्मिनल (भिडियो)

बैशाख २, २०७६

काठमाडौं – संसारको दोस्रो सबभन्दा व्यस्त विमानस्थल बेइजिङ एयरपोर्ट हो । प्रत्येक वर्ष यहाँबाट करोडभन्दा बढी मानिस ओहोरदोहोर गर्छन् । 

यात्रुको चाप बढी भएपछि बेइजिङमा यसै वर्ष नयाँ विमानस्थल खुल्न लागेको छ । चिनियाँ अधिकारीहरूले यस विमानस्थलमा एउटै भवनमा संसारको सबभन्दा ठूलो टर्मिनल बन्ने दाबी गरेका छन् । 


ADVERTISEMENT

यो टर्मिनल बनेपछि बेइजिङबाट अझै थुप्रै विमानले यात्रु राखेर उडान भर्न सक्नेछन् । यसले लन्डनका ६ विमानस्थल बराबरको यात्रुभार सम्हाल्न सक्नेछ । 

चीनले यो प्रभावशाली भवनलाई गोप्य नै राख्न खोजेको भए पनि बीबीसीले यसको भिडियो खिचेर प्रकाशित गरेको छ ।

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस