ओलीलाई प्रतिपक्षीको जवाफ : ढुंगा हान्ने कुरा गर्दा अभिभावकले टीभी बन्द गर्ने दिन नआओस् !

बैशाख २, २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीप्रति व्यक्त गरेका शब्दप्रति आपत्ति जनाएको छ ।

इतिहासमा बोली होइन, कर्म मात्र लेखिने कुरातर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT

पार्टी केन्द्रीय कार्यालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ओलीका शब्दप्रति आपत्ति जनाएका हुन् । आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले प्रतिपक्षी कांग्रेसप्रति संकेत गर्दै नन्दी–भृंगीको रुपमा टिप्प्णी गरेका थिए ।

‘वृद्धवृद्धाका अगाडि सरकार ढाल्ने कुरा गरे बुढापाकाले लौरोले हान्लान्, केटाकेटीका अगाडि सरकार ढाल्ने कुरा गरे ढुंगाले हान्लान्’ भन्ने ओलीको आरोप खण्डन गर्दै शर्माले भने, ‘अभिभावकले टेलिभिजन बन्द गर्ने अवस्था नआओस् ।’ प्रधानमन्त्रीका बोलीले बालबालिका ढुंगा हान्न सिक्ने र बिग्रिने भएपछि अभिभावकले टीभी बन्द गर्नुपर्ने प्रवक्ता शर्माले बताए ।

प्रधानमन्त्री ओलीले सोमवार देशका नाममा गरेको सम्बोधनलाई कांग्रेसले जनतालाई झुक्याउने झूटको पुलिन्दा भएको समेत आरोप लगाएको छ । 

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस