इन्डोनेसियामा विवाहेतर सम्बन्ध राख्ने महिलालाई दिइयो बेतले हिर्काएर सजाय

बैशाख २, २०७६

काठमाडौं – इन्डोनेसियामा विवाहेतर सम्बन्ध राखेको आरोपमा एक महिलालाई सार्वजनिक स्थानमा बेतले हिर्काएर सजाय दिइएको छ । उनलाई सजाय दिइँदा भेला भएका मानिसहरूले रमाएर फोटो खिचेका थिए । 

तर्सिएकी महिला मञ्चमा घुँडा टेकेर बसेकी थिइन् भने एक अधिकारीले उनलाई दण्ड दिनका लागि लट्ठी उज्याएका थिए । शरिया कानूनअन्तर्गत उनलाई सजाय दिइएको हो । 


ADVERTISEMENT

सजाय दिने अधिकारीलाई अल्गोजो भनी चिनिन्छ र उनले मुखौटा र चोगा लगाएर अनुहार तथा शरीर पूरै छोपेका थिए । बन्दा आचेह शहरमा यो सजाय दिइएको हो । 

महिलाले टाउको झुकाएर बसिरहेको बेलामा अन्य दुई महिलाले पनि सजाय कुरिरहेका थिए । उनीहरूमाथि पनि विवाहेतर सम्बन्ध राखेको आरोप छ । 

मञ्च नजिक रहेका धेरै दर्शकहरूले मोबाइल फोन उठाएर तस्वीर तथा भिडियो खिचेका थिए । 

सुमात्रा टापुमा रहेको बन्दा आचेहमा जुवातास खेलेको, रक्सी पिएको र समलिंगी सम्बन्ध राखेको पाइएमा लट्ठीले हिर्काउने सजाय दिइन्छ । 

आचेहलाई सन् २००१ मा विशेष स्वायत्तता दिइएपछि शरिया कानून लागू गरिएको थियो । 

एजेन्सी
 

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस