×

NMB BANK
NIC ASIA

कांग्रेसको ढोकैमा आमरण अनशन : ‘कार्यकर्ता हत्या आरोपमा निराधार फसाइयो’ !

बैशाख २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयको ढोकैमा एक युवा आमरण अनशनरत भेटिए ।

Muktinath Bank

आफूमाथि लागेको हत्या आरोप निराधार रहेको र न्याय पाउनुपर्ने भन्दै आमरण अनशनमा बसेका युवा कास्कीका तत्कालीन नगर सभापति राजेन्द्रमणि लामिछाने थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई साविकको लेखनाथ–१ का कांग्रेस कार्यकर्ता रामजी पौडेल ‘बादल’को हत्या आरोप लागेको थियो । 


Advertisment
Nabil box
Kumari

२०७२ साउन २८ गते राति लेखनाथ–१२ गगनगौडामा भएको हत्याकाण्डमा संलग्नताको आशंकामा साउन ३० गते पक्राउ परेका लामिछाने २६ दिनपछि रिहा भएका थिए । उनलाई जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचल्ने जानकारीसहित रिहाको लागि पठाएको पत्रको आधारमा छाडिएको थियो ।

Vianet communication
Laxmi Bank

तर हत्या गरिएका रामजी पौडेलकी पत्नी चन्द्रावती पौडेलले लामिछानेविरुद्ध पुनः उजुरी दिएपछि आफू न्यायका लागि आमरण अनशन बसेको उनले बताए । पौडेल हत्याको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि आफू अनशन बसेको लामिछानेको दाबी थियो ।

‘कहीँकतै संलग्न नभएको र जिल्ला प्रहरी कार्यालय कास्कीले पनि मविरुद्ध मुद्दा चल्ने गरी प्रमाण नभेटेको अवस्थामा मलाई किन फसाइँदै छ ?’ उनले प्रश्न गरे ।

लामिछाने आमरण अनशन बसेको ५ दिन भइसकेको छ । तर कांग्रेसका नेताले आफूलाई वास्ता नगरेको उनको आरोप छ । यसबारेमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टी सूचित रहेको बताए । ‘पार्टीले उहाँको अनशनलाई नोटिस गरेको छ, हामी छिट्टै यसबारेमा आवश्यक निर्णय गर्नेछौं,’ निधिले लोकान्तरसँग भने ।

लेखनाथ नगर समितिको सभापतिको लागि कार्यकाल दोहोर्याउने सोचमा रहेका लामिछाने र अर्का दावेदारबीचको मनमुटावले घटना भएको पार्टी कार्यकर्ताले नै आरोप लगाएका भएपनि प्रमाण नभेटिएको आधारमा लामिछाने छुटेका थिए । उनी पहिलोपल्ट हिरासतमा रहँदै अनशन बसेका थिए ।

पार्टी कार्यकर्ताबाटै हत्यामा संलग्नताको आरोप लागेपछि प्रहरीले लामिछानेलाई पोखराबाट पक्राउ गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x