जुडशीतल पर्व मनाइँदै

बैशाख २, २०७६

धनुषा- मिथिलाञ्चलमा सोमवार जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ ।

आफ्नो मौलिक पर्व जोगाउन जनकपुरधामलगायत मिथिलाञ्चल क्षेत्रमा जुडशीतल पर्व विभिन्न कार्यक्रमसहित मनाइँदै छ । आपसमा हिलो खेलेर मनाइने जुडशीतल आधुनिकतासँगै परिवर्तित स्वरूपमा मनाइन थालिएको छ ।


ADVERTISEMENT

‘सेभ हिस्टोरिकल जनकपुर’को अगुवाइमा सोमवार बिहान जनकपुरस्थित गंगासागरको पश्चिम घाटमा जुडशीतल मनाइएको छ । ठूलाबडा, मान्यजनले आफूभन्दा कान्छालाई शिरमा पानी छर्केर मुखमा माटो दलेको दृश्य हेर्न गंगासागरमा सर्वसाधारणको भीड नै लागेको थियो । 

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार