गाडी दुर्घटनामा नौ घाइते

बैशाख २, २०७६

उदयपुर- उदयपुरको लिम्चुङबुङ गाउँपालिका-५ भित्तेढुंगामा आज दिउँसो बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

यात्रु लिएर जाँदै गरेको बा ८ च ७७७६ नम्बरको बलेरो गाडी उकालोबाटोमा टर्निङ मोड्ने क्रममा ब्रेक नलागेर पछाडी सर्दा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो ।


ADVERTISEMENT

दुर्घटनामा बोलेरोमा सवार उदयपुर लिम्चुङबुङ गाउँपालिका-५ बस्ने वर्ष १५ का सुरेन्द्र राई, वर्ष-१७ का अम्बिका राई, वर्ष-३२ का अर्जुन थापा, रौतामाई-३ बस्ने वर्ष-४० की सीता तामाङ, वर्ष-६०का चन्द्र बिक, लिम्चुङबुङ-५ बस्ने वर्ष-१६ को बिपन ल्वागुन, वर्ष-३४ की साबित्रा परियार, बर्ष-१८ की नीता सुवेल र वर्ष-१६ की शर्मिला दियाली घाइते भएका हुन् ।

घाइते सबैलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी लिम्चुङबुङ पठाईएको इलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ । बोलेरोका चालक रामेछाप बानकीभण्डार गाउँपालिका-६ बस्ने बर्ष २३ को लाल बहादुर कार्कीलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

 

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस