×

NMB BANK
NIC ASIA

झापा, मोरङ र सुनसरीमा 'सिरुवा र जुडसित्तल'को रौनक, फूलघोडा बेच्नेको भीड

बैशाख २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- मोरङको जहदा गाउँपालिकाका ठेकु मुखिया र उनकी श्रीमती बुलन्ती मुखिया धनपालथान गाउँपालिका वडा नम्बर ६ दादरबैरियामा रहेको जय माँ रणकाली देवस्थलमा पूजा गर्न आए । पूजाका लागि आएका उनीहरुको अर्को उदेश्य भनेको मेलामा रमाईलो पनि गर्ने हो ।

Muktinath Bank

सडकसँगै रहेको यो देवस्थलमा हरेक वर्षको वैशाख २ गते मेला लाग्ने गर्दछ । मेलामा आउने सबैको भाकल गर्ने र भाकल पूरा भए आफूले के चढाउने भनिएको हो त्यो चढाउन आउनेहरुको भीड लाग्छ । कसैले बोका, कसैले पाठी अनि कसैले परेवा, कुखुरा, हाँस चढाउछन् भने हुँदै नहुने बनाईएको काठका फूल घोडा चढाएर वर माग्ने चलन झापा मोरङ, सुनसरी लगायतका पूर्वी तराईका जिल्लामा सिरुवा पर्वका बेला गरिने कार्य हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही सिरुवा पर्वकै दिन विभिन्न स्थानमा लाग्ने मेलाले सबैलाई मनोरञ्जन पनि दिँदै आएको छ । झापा, मोरङ, सुनसरीमा आदिमकालदेखि बसोबास गर्ने कोच आदिवासी समुदाय सिरुवा पर्वलाई भव्य र सभ्य रुपमा मनाउन व्यस्त छन् । यो पर्व थारु, राजवंशी, ताजपुरीया, गनगाई, धिमाल, माझी लगायतका समुदायले पनि महत्वका साथ मनाउने गर्दछन् ।


Advertisment
Nabil box
Kumari

कोच आदिवासी समुदायमा वर्षको शुरूमा मनाइने सबैभन्दा पहिलो र ठूलो पर्व नै सिरुवा हो । हरेक वर्ष यो पर्व ३ दिनसम्म मनाइन्छ । पहिलो दिन विश्वा (जल सिरुवा), दोस्रो दिन काद (हिलो) सिरुवा, तेस्रो दिनमा रङ सिरुवा खेल्ने गरिन्छ ।

Vianet communication
Laxmi Bank

सिरुवा राजवंशीलगायत अरू कोच समुदायको विशुद्ध मौलिक, धार्मिक, सांस्कृतिक पर्वको रुपमा सिरुवा पर्वलाई लिइएको छ । सिरुवा पर्व ३ दिनसम्म महत्वका साथ मनाइएपनि यो मेला भने विभिन्न ठाउँमा एक महिनासम्म लाग्ने गर्दछ ।

फूलघोडाको व्यापारसिजनमा ५० हजार

दादरबैरियामा लागेको सिरुवा मेला भर्न जानेहरुको अत्याधिक भीड हुन्छ । वैशाख २ गतेको दिनलाई महत्वका साथ हेरिने भएकोले बालबालिका देखि वृद्धवृद्धा पनि उसैगरी मेला भर्नको लागि पुगेका हुन्छन् । त्यही मेलामा बसेर फूलघोडा बेच्न भ्याइनभ्याइ अवस्थामा रहेकी ग्रामथान गाउँपालिका वडा नम्बर ३ सिद्राहाकी पल्टिदेवी राजवंशीले एक सिजनमा ५० हजार भन्दा बढीको फूलघोडा बेच्छिन् ।

उनका अनुसार बैशाख भरी नै बिभिन्न मेलामा पुगेर बेचिने घोडाको बैशाखमा राम्रो कारोबार हुने गरेको छ । उनले यो सिजनमा ५० हजारको फूलघोडा बेच्छिन भने दशै र तिहारमा पनि उनले ५० हजार भन्दा बढीको फूलघोडा बेच्ने गरेको सुनाईन् ।

उनीसँगै आएकी सोही ठाउँकी आशादेबी राजवंशी फूलघोडा बेच्न व्यस्त थिइन् । उनको उदेश्य भनेको एक सिजनमा बेचेको फूलघोडाले एक वर्षभरी छोराछोरीको पढाइ खर्च निकाल्नु हो । आशा भन्छिन्, ‘टेम्पो किन्न निकालेको लघुवित्तको किस्तामा तिर्न र एक वर्षसम्मको छोराछोरीको खर्च जोहो गर्न पाइयो भने पुग्यो ।’

सिरुवासँगै जुडसितल पूर्वी तराईमा मनाइने तराई मधेशको महत्वपूर्ण पर्व सिरुवा र जुडसितलको रौनक सुनसरीमा पनि बढेको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्ने क्रममा एकआपसमा हिलो र धूलो छ्यापाछ्याप गरी जुडसितल मनाईने गरेको छ ।

जुडसितल कतिपय ठाउँमा मङ्गलवार मनाइँदैछ भने कतिपय ठाउँमा दोस्रो दिन मनाइने गरिएको छ । जुडसितलमा मान्यजन तथा ठूलाबडाले आफूभन्दा सानालाई टाउकोमा पानी राखी आशिर्वाद दिन्छन् भने साना अर्थात् कान्छा सदस्यले ठूलाबडाको खुट्टामा पानी हाल्ने र आशिर्वाद लिने चलन छ । सुनसरीको इनरुवा, बबिया, गौतमपुर, नर्सिंह लगायतका धेरै ठाउँका आदिवासी, जनजाति, मधेशी जुडसित्तल मनाउने गरेका छन् । प्रदेश सरकारले समेत सिरुवाको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x