सेवाग्राहीसँग घुस माग्ने लेखा अघिकृत प्रहरीको फन्दामा

बैशाख २, २०७६

काठमाडौं–चन्द्रागिरी नगरपालिकाको कार्यालय, बलम्बु, काठमाडौंमा कार्यरत लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई २० हजार घुससहित पक्राउ परेका छन् । 

सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले भट्टराईलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । 
यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।  


ADVERTISEMENT

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस