अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित २ विदेशी समातिए

बैशाख २, २०७६

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित पोल्याण्ड नागरिक २८ वर्षीय माक्सी मिलीकन बेग्लोस्की  र २६ वर्षीय आकुभ स्टेक्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
अन्तर्राष्ट्रिय उडानतर्फको होलब्यागेजजाँच गर्ने क्रममा माक्सीको साथबाट युएसडलर १३ हजार ६ सय, युरो ५ हजार २ सय तथा नेपाली रुपैयाँ ५८ हजार र आकुभको साथबाट युएसडलर६ हजार १ सय र युरो ५ हजार फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 
उनीहरुलाई आवश्यक कारवाहीका लागि उक्त मुद्रा सहित राजश्व विभाग हरिहर भवन पुलचोक पठाइएको छ । 

 


ADVERTISEMENT

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस